काठमाडौं : देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो रास्ट्रको असली अनुहार त जीवन हुन्छ भन्ने बिचार बोकेको म्यूजिक भिडियो ’नेपाल’ सार्वजनिक भएको छ ।
विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले, जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको सगीत र महेश दाहालको शब्द रचना रहेको छ ।
सशस्त्र युद्धको समयमा बर्दीयामा माओवादी बिद्रोहीले हत्या गरेका सहिद गोबिन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको गुरासेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो ।
नेपाल तराई, पहाड र हिमालको संयोजन हो भनिएको भिडियोमा विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ । सामान्यतय रास्ट्रिय गित भन्ने बितिकै रास्ट्रिय झन्डा र बिभिन्न जातजातिको भेष भुषा देखाउने गरिने भए पनि यो भिडीयो भने फरक बनेको छ ।
’’म भिडीयोमा आबरण भन्दा आत्मा र झकिझकाउ झिलीमिली भन्दा बास्तविकता देखाउन चाहन्छु’’ त्यही इमान्दार प्रयास गरेको निर्देशक बिकास सुबेदीले बताए । भिडियोमा बास्तबिक नेपाली जिबन देखाउन ठुलो मेहनत गरेको गायक तथा संगीतकार रामचन्द्र काफ्लेले बताए ।
संगित र साहित्य आबरणमा कस्तो बजारमा चल्छ भन्दा पनि देशको बास्तबिकता बढी केन्द्रित हुनुपर्ने उनको भनाई रहेको छ । १० दिन लगातार सुटिङ गरिएको भिडियो कर्णाली प्रदेशका छ जिल्लामा छायांकन गरिएको छ ।
भिडियो लिंक