चैनपुरमा तीन दिने पत्रकारिता तालिम शुरु

चैनपुर । ‘सुचना र संचार विकासको आधार’ भन्ने मुलनारा सहित संखुवासभाको चैनपुरमा तीन दिने आधारभुत रेडियो उद्घोषण तथा छापा पत्रकारिता तालिम शुरु भएको छ ।

नारी एकता अभियान संजाल, सिद्धकालीरलोकतान्त्रिक सिकाई केन्द्रको संयुक्त आयोजनामा शुक्रबारबाट तीन दिने तालिम शुरु भएको हो । उक्त कार्यक्रमको चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले ब्यानर पढेर उद्घाटन गरिन् भने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले पत्रकारहरु राज्यको चौथों अंग भएकाले सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नमा जोड दिइन् । उनले यो तीन दिने आधारभुत पत्रकारिता तालिमले पत्रकार बन्न चाहाने नयाँ भाइबैनीहरुलाई सहयोग पुग्ने विश्वास गदै आगामी दिनहरुमा समेत पालिका सद्धैव पत्रकारहरुको साथमा रहेको धारणा राखिन् ।
उद्घाटन सत्रको कार्यक्रममा सुमित्रा श्रेष्ठ, सूर्यबहादुर दाहाल, काँग्रेस जिल्ला सचिव कुमारबाबु अधिकारी र प्रमुख प्रशासकी अधिकृत किरणप्रसाद ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । रिता श्रेष्ठ राईको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रम आइतबार सम्म तीन दिन चल्नेछ ।

उक्त आधारभुत पत्रकारिता तालिममा चैनपुर नगर भित्रका ३४ जना युवायुवतीहरुको सहभागीता रहेको छ । तालिममा रेडियो नेपाल धनकुटाका पत्रकार बलराम दाहाल, पत्रकार महासंघ संखुवासभा अध्यक्ष इन्द्र गिरी र पत्रकार नवीन गुरुङ लगायतले सहजीकरण गर्नेछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search