झापा । भद्रपुर–गलगलिया सीमा नाकामा तैनाथ भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले फेरि कडाइ सुरु गरेको छ।
एसएसबीले परिचयपत्र नबोकेका नेपाली नागरिकलाई सीमामै रोक लगाउन थालेको छ। एसएसबीको कडाइले किनमेलका भारतीय सीमा बजार पुग्ने नेपाली नागरिकले सास्ती झेल्नु परेको छ। भारतीय बजारबाट नेपाली नागरिकले घरायसी प्रयोजनका लागि ल्याएका खाद्यान्न समेत लैजान पाइँदैन भन्दै फर्काउन थालेका छन्।
भद्रपुर–गलगलिया नाकामा एसएसबी ४१ बटालियनको टोली परिचालन गरिएको छ। टोलीको कमाण्डर नीलमणि कुमार छन्। उनको कमाण्डमा नयाँ टोली १५ दिनअघि जिम्मेवारी लिएर गलगलिया नाका आएका हुन्। ुकेही दिन अघिसम्म सामान्य थियो, त्यस्तो केही रोकटोक थिएन,’ स्थानीय भोला राजवंशीले भने, ‘दुई्चार दिनदेखि एसएसबीले नाकामा कडाइ सुरु गर्यो। पाँच किलोभन्दा बढी खाद्यान्न लैजान नपाइने भन्दै फर्काउन थाल्यो।’
नेपाली बजार भन्दा भारतमा खाद्यान्न सस्तो पाइने भएकोले दैनिक सयौँ नेपाली गलगलिया बजार जाने गरेका छन्। पूर्व जानकारीविनै एसएसबीले यसरी सीमामा दुःख दिन थालेकोप्रति स्थानीय कुवेर पौडेलले आक्रोश पोखे। ‘एसएसबीको मनपरी बढ्न थालेको छ। केही भन्न खोज्दा उल्टै हप्काएर फिर्ता पठाइदिन्छु, उनले भने, ुसीमा भारतीय पक्षको ज्यादती कहिलेसम्म नेपाली जनताले भोग्नुपर्ने होरु बरु सीमामा काँडेतार लगाएर सधैँका लागि बन्द नै गरिदिए हुन्थ्यो।