फेःक्मालुङ पार्कको नगरप्रमुख थपलियाद्धारा उद्घाटन

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ चिसोपानीमा फेःक्मालुङ पार्कको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले फेःक्माको प्रतिमा उद्घाटन गरेका हुन् ।

पार्कको उद्घाटन गदै नगरप्रमुख थपलियाले यस्ता पार्कले आन्तरिक बाह्य पर्यटनमा समेत सघाउ पु¥याउने बताए । उनले मानिसहरुको ब्यस्तता समयलाई निकालेर कहिलेकाँही ‘मुड फ्रेस’ गर्न पार्कमा आउँदा रमाइलो अनुभूति पनि हुने र यहाँका होटल ब्याबसायलाई समेत सहयोग पुग्ने धारणा राखे ।
खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष भरतकुमार घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन गर्न यो पार्कले महत्वपूर्ण भुमिकाले खेल्ने भएकाले नै वडा देखि नगर सम्म पार्क निर्माण गर्न लागि परेको बताए । उनले पार्कको संरक्षण गर्ने जिम्मेवारी स्थानीय नागरिकहरुको नै पहिलो भएको समेत वडाध्यक्ष घिमिरेले बताए ।

चालु आर्थिक बर्षमा खाँदबारी नगरपालिकाको २५ लाख रुपैया आर्थिक सहयोगमा ठूलो ढुङ्गा माथि रेलिङ्ग तार बेरा, सानो धरहरा, लभस्टेशन र फेःक्माको मूर्ति निर्माण गरिएको छ ।

विगत केही बर्ष अगाडि देखि नै उक्त ढुङ्गामा घुम्न जानेहरुको लर्को लाग्न थालेपछि स्थानीय सरकारले झन त्यसको रंगरोगन र कृत्रिमतालाई प्राथमिकता दिएको हो । सदरमुकाम खाँदबारी र मानेभञ्जाङ्ग नजिकै पर्ने भएकाले मानिसहरुको घुमफिर गर्न जानेहरुको बाक्लो उपस्थिती हुने गर्दछ । उक्त पार्कबाट वरिपरिका रमाइलो–रमाइलो दृश्यावलोन गर्न सकिने भएकाले समेत मानिसहरुको आवागमनमा बृद्धि भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्षहरु, कार्यपालिका सदस्य र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फेःक्मालुङको अर्थ 
उक्त ठूलो ढुङ्गा खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्छ । ४ नम्बर वडाको पांमा क्षेत्रमा अधिकाँस लोहोरुङ राई जातिको बसोबास भएकाले लोहोरुङ भाषामा नै सो पार्कको नामाकरण गरिएको हो ।

लोहोरुङ भाषामा लुङ भनेको ढुङ्गा र फेःक्मा भनेको सुन्दर युवती हो । लोहोरुङ जातिको उत्पत्ति सोही ठूलो ढुङ्गाबाट भएको इतिहास भएकाले ठूलो ढुङ्गा माथि पार्क निर्माण गरिएको लोहोरुङ जानकारहरु बताउँछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search