खाँदबारी । चैनपुर नगरपालिका कार्यालय नजिकै करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विद्युत मर्मत गर्ने क्रममा दाङ घर भएका २८ बर्षीय दिपक न्यौपानेको मृत्यू भएको हो । मृत्तक न्यौपाने बरुण हाइड्रोपावर का कर्मचारी हुन् । न्यौपानेलाई विद्युतको पोल चडेर मर्मत गर्ने क्रममा करेन्ट लागेको हो ।