नेपाल सरकारले आफ्नो मुख्य नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ राख्यो । सरकारको लक्ष्य पूरा हुनुमा सबै नागरिकको साथ र सहयोगले उच्चतम् महत्व राख्छ नै । गाउँ गाउँबाट उठ, बस्ती , बस्तीबाट उठ भनेर श्याम तमोट दाइले लेखेको गीतले भने झै हातमा औजार हुनेहरु औजार लिएर उठौ । हातमा कलम हुनेहरु कलम लिएर उठौ, साँच्चै उठनु पर्छ । लोकले जुरुकै उठ्नु पर्छ । हामी हातमा कलम र बाजा हुनेहरु स्वर उरालेर उठनु पर्छ राष्ट्र हाम्रो हो हामीले नै चिनाउनु र बनाउनु पर्छ चिया पसलमा अर्कालाई चियाको पैसा तिराएर सरकारको आलोचना गर्न भैसी तिघे कार्यकर्ता पालेर देश बन्दैन । सरकारलाई कर छल्न र बैँकका ऋण मिनाहा गर्र्न नेता ,दल र सरकारलाई उपयोग गर्न भ्रष्ट कार्यकर्ता लाई कीर्ना जसरी ढड्याएर पनि देश बन्ने सङकेत देखिन्न । यस्तै सोच मनमा साचँेर सकेको योगदान त राष्ट्रलाई दिऊँ भनी मकालु साहित्यिक समाज दुई दशकदेखि निरन्तर पहिचानसँगै प्रगतिको अभियानमा छ । गत बर्ष हामीले सभापोखरीबाट समृद्धिका स्वरहरु भन्ने कार्यक्रम सम्पन्न ग¥यौँ । ४२३७ मीटरको उचाइबाट समृद्धिका स्वरहरु उराल्यो । यतिबेला सभापोखरी राष्ट्रिय चर्चाको बिषय बनेकै छ ।
यस वर्ष नेपाल सरकारले ‘नेपाल पर्यटन वर्ष २०२०’ भन्ने अर्को नारा थप ग¥यो । नेपाल भरिका १०० गन्तव्यहरु पनि घोषणा ग¥यो । शिवधारा भने १०० गन्तव्यमा परेन । यतिबेला हाम्रो काँधमा नेपाल पर्यटन बर्षलाई सफल बनाउनु त छदैछ सँगसँगै शिवधाराको धर्मिक,साँस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने जिम्मेवारी पनि थपियो । पद र शक्तिमा हँुदा मात्र होइन नहँुदा पनि दायित्ववोध गरेर अघि बढ्नै पर्छ । हामीले यो बर्ष श्री शिवधारा पर्यटकीय वाङमय साँस्कृतिक अभियान २०७६ को प्रस्तावना तयार ग¥यौँ उचाइबाट समृद्धिकर स्वरहरु श्रृङखला २ नामकरण भयो । यसको मुख्य नारा “शिबधारातर्फ पाइला सारौँ, पर्यटन बर्ष २०२० सफ पारौँ ” राखियो । यस श्रृङखलालाई दुई चरणमा समावेश गर्यौ । पहिलो चरण यात्रा र सृजना ,दोस्रो चरणमा सम्पादन, प्रकाशन , प्रसारण र सम्मान सहित समापन । यी दुबै चरणका कार्यक्रम प्रस्तावना हेरेपछि मकालु गाउँपालिकाले सहयोग र समर्थनको बाचा ग¥यो ।
मकालु गाउँपालिका ऐनामा
विश्वको पाचाँ तथा नेपालको तेश्रो हिमालको नाममा मकालु गाउँपालिकाको नामाकरण गरिएको हो । नेपालको प्रदेश नं.१ को सङ्खुवासभा जिल्लाको पूर्वोत्तर पहाडी भेगमा मकालु गाउँपालिका रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल २००.५६ बर्ग किमी छ । विसं २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसङ्ख्या १३२०४ रहेको छ । यस क्षेत्रमा राई, गुरुङ,शेर्पा,भोटे ,तामाङ,क्षेत्री जातिको बाहुल्य रहेको छ । राईहरुमा याम्फू, कुलुङ, मेवाहाङ छन् । दलितहरुमा दर्जी र विश्वकर्माहरु रहेका छन् । छ ओटा वडामा विभाजित मकालु गाउँपालिकामा साबिकको पाथिभरा,मकालु,याफू ,नूम र पावाखोला गरी पाँच गाविस. समावेश भएको छ । यस गाउँपालिकाको पूर्वमा भोटखोला गाउँपालिका र तप्लेजुङ जिल्ला,पश्चिममा शिलिचोङ गाउँ पालिका र सोलुखुम्बु जिल्ला,उत्तरमा छिमेकी राष्ट्र चिन र दक्षिणमा चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका रहेका छन् ।
मकालु गाउँपालिकामा अरुण तेश्रो जलविद्युत परियोजनास्थल छ । विश्वकै तेस्रो शक्तिशाली जलविद्युत क्षमता सहित निर्माणाधीन यो आयोजनाबाट ९०२ मेघावट विद्युत उत्पादन हुनेछ । यसको उत्पादन सँगै हाम्रो उर्जा समस्या लगभग पूर्ण रुपमा समाधान हुने पक्का छ । संसारको सबभन्दा लामो हिम नदी फुङ्चु अर्थात् अरुण नदीको अनौठो वहाव पनि यहीँ देख्न पाइन्छ । विश्वको पाँचौ तथा नेपालको तेस्रो अग्लो ८४६३ मी. उचाइको मकालु हिमाल मकालु र वरुणत्से हिमल पनि गाउँपालिकाको वडा नं. १ मा पर्छ । मकालु बरुण राष्ट्रिय निकुन्ज ,कोशी ल्हासा राजमार्गको ट्रान्जिट पोइन्ट नूम बजार र जङगबहादुरको भोट युद्धको विजयी इतिहाससँग जोडिएको किल्लामा अवस्थित गडी बजार मकालुकै वडा नंं.३ मा छ । भोटको फौजले आफ्नो सुरक्षार्थ खनेर बनाएको यो किल्ला नेपाली फौजले कति वुद्धिमतापूर्ण तरिकाले आफ्नो पक्षमा लिएका थिए र यहाँबाट शत्रु सेना लखेटेका थिए भन्ने कुरा नेपाल भोट युद्धको इतिहासमा वणत छ ।
जङ्गबहादुर राणाको फौजले भोटका सेनालाई लखेट्दै जाँदा भोटका सेनाहरु हेदाङ्गनाको गडीमा किल्ला खनेर सुरक्षित भई युद्ध गर्न तयार भएछन् । तल फ्रयक्सिन्दामा सलल अरुण बगेको छँदैथियो । नेपाली सेना अरुणवारि नूममा नै थिए । भोट सेनाले फ्याक्सिन्दा पारिपट्टि सम्पूर्ण रखहरु बञ्चरोले कपेर लड्न तयार बनाई चोयाले बाँधेर हातमा चोया समातेर बसेका थिए । नेपाली सेना यही जङ्गलबाट उकालो आउँछन् र त्यहीबेला यो चोया छाडिदिने र सारा नेपाली सेना किचिएर मर्छन् भन्ने विचारमा भोटका सिपाहीहरु थिए ।
नेपालीहरुले फ्याक्सिन्दा दोभानको बेँसी (अहिले अरुण —३ परियोजना स्थल रहेको ठाउँमा मैदान बेँसी थियो)मा रातभर वनकेराको दाम्चा गाडेर आफ्नो टोपी र कोट लगाइदिएर दुरुस्तै सिपाहीजस्तै बनाएछन् । जसले गर्दा भोट सेनाहरु हो न हो नेपाली फौज बेँसीमा उभिएको छ भन्ठानेर फ्याक्सिन्दातिर हेर्दै लोक्ताको घुँयेत्रोमा ढुङ्गा हालेर ताकीताकी हान्दै बसिरहेका थिए । नेपालीहरु उनीहरुभन्दा चतुर थिए । रातको समयमा बाँस काटेर फ्याक्सिन्दाभन्दा धेरै माथिबाट अस्थायी पुल बनाई आला उलिङ्गबाट सिधै जपते डाँडामा उक्लिएछन् । जपते डाँडा गडीभन्दा धेरै माथि छ । यसो गर्दा नेपाली सेना उँभोबाट घुँयेत्रो बर्षाउँदै झिसमिसेमै आक्रमण गर्न आइपुगे । आफूभन्दा माथिबाट आँधीजस्तै उर्लेर आएको फौजले अन्धकारमा आक्रमण गरेपछि भोटसेना त्यहाँबाट ओरालो भाग्न बाध्य भयो । नेपाली सेनाले घुँयेत्रो भाला र बन्दूकले हानेर भोटका सेना स्वाहा सोत्तर पारेछन् । बचेखुचेका भोटसेना पनि नेपाली फौजले चोया तानेर छाडिदिँदा किचिमिचि भएछन् । आफैँले थापेको पासोमा परेर आफै कालको मुखमा कोचिँदै नेपालीसँग हारको पीडा ब्यहोरेका थिए । यसरी मकालुको हेदाङ्गना गडी वीरताल र विजयको विरासत बोकेर ऐतिहासिक धरोहरको रुपमा रहेको छ । यसको प्रचारप्रसार गर्ने हो भने महाकालीको अमरगडी किल्लाको जस्तै अमरकथा यसको छातीमा पनि लेखिएको छ । भोटखोलाको पोप्टी भञ्ज्याङ्गमा थुपारिएका हतियार , कालापोखरीमा डुबेका हतियारका टुक्राहरु भोटकै लडाइँको सङ्केत गर्दछन् ।
शिवधारा, पार्वती गुफाको बारेमा त यो संस्मरण केन्द्रित छ । मकालु हिमालको हिउँ पग्लेर निकासका रुपमा दूध झैँ सेतो एउटा पोखरी छ । यसको नाम दूधपोखरी हो । स्वर्गको एउटा टुक्रा झरेझैँ देखिने मकालु आधार शिविरमा दुधपोखरीको साथसाथै निलो पानीको मानसरोबर झैँ देखिने बरुण पोखरी पनि छ । खेम्पालुङ गुफा,ठूलो पोखरी, सानोपोखरी,लामोपोखरी,डल्ले पोखरी,कालो पोखरी,बुम्रिङ पोखरी,बन्दुके पोखरी,आमाफुजुङ(मेनका पर्वत) छन् । यस संस्मरणमा उपरोक्त स्थानहरुको प्रसङ्ग चल्ने नै छ । वडा नं. ४ मा याम्फू भाषाबाट नामाकरण गरिएको रिङ्घिम झर्ना छ । रिङघिमको नेपाली अर्थ सुन्दरी हो, यहाँ कुन हिउँद कुन वर्षा सधैँ उत्रै र उस्तै पानी नाचिरहन्छ । वडा नं.३ मा धान खेतीका लागि पहाड भित्रको तराई उपनामले प्रसिद्ध हेदाङना बेसी छ । यहाँ एकमुठी विउले एकपाथी धान फल्ने भएकोले यस क्षेत्रको नाम नै पाथिभरा राखिएको भन्ने तर्क बाला झुलेको बेला धान खेती हेर्दा प्रमाणित हुन्छ । गुराँसे र उवा भन्दा पर्तिर भोट जाने बाटोमा अवस्थित पाथी चुलिए झैँ चुलिएको पहाड हेरेर पाथिभरा भनिएको तर्क पनि भ–ूवनोट र प्राकृतिक दृश्यावलीले सत्य सावित गरिदिन्छ ।
मकालु ५ मा रहेको गुन्याहाङ चुली,ह्वान्द्राङे चौर र भाटभटेनी डाँडाको सौन्दर्यले लठ्याएपछि मान्छेहरु माङसिमामै महिनौँ हराउन रुचाउँछन् । भाटभटेनीबाट देखिने पूर्वी पहाडका सृङ्खलाहरु,कन्चनजङ्घाको चुचुरो, कति मनमोहक लाग्छन् । माङ्सिमाबाट एक दिन हिडेपछि भगवानले धर्तीलाई पठाएको बहुमूल्य उपहार पाँच पोखरी पुगिन्छ । भाटभेनीको डाँडालाई त प्राकृतिक भ्यू टावर पनि भन्छन् मान्छेहरु । ह्वान्द्राङे चौर र यहाँको पानी धारा चाहिँ १० बर्षे द्वन्द्वकालमा तत्कालीन माओवादीहरुको लामो र गौरवशाली इतिहास जोडिएको छ । शान्ति सम्झौता पछि पिक्निक स्पटका रुपमा सुपरिचित छ । धार्मिक,साँस्कृतिक,पर्यटकीय र आर्थिक हिसाबले अत्यन्त महत्वपूर्ण सम्पदाहरु छन् ।
पाखान भेद,पाँचऔँले,यार्सागुम्बा,सतुवा,जटामसी,वनलसुन,पदमचाल, चिराइतो जस्ता दुर्लभ जडीबुटीहरु पाइन्छन् । संसारमा नपाइने दुर्लभ अन्न पानीमकै पनि चिचिला गाउँपालिका र मकालु गाउँपालिकामा मत्र पाइन्छ । बाक्ला भुत्लााभरि हिउँ ओडेर चरिरहेका हजारौँ भेडाहरुको बथान हेर्न पनि मकालु गाउँपालिकाका लेकाली पाखाहरुमा जानुपर्दछ । घाँटीमा घन्टी बजाएर चमर डोलाउँदै वनपाखा चहारिरहेका चौँरीका याक र नाकहरुको हुल देख्दा त टीभीस्क्रिनमा डिस्कोभरी च्यानलले प्रसारण गरेको अष्टे«लिया नेपालमै लाइभ हेरेजस्तै लाग्दछ । के कम त अष्ट्रेलियाभन्दा ? रातो पाण्डा,हिउँचितुवा र कस्तुरी जस्ता दुर्लभ प्राणीहरु र काँडेभ्याकुर ,डाँफे जस्ता लोपोन्मुख चराहरु पनि यहाँ पाइन्छ । साइटिस सूचीमा परेका एक दर्जन प्रजातिका वनस्पति पनि यहाँ उपलब्ध छन् । क्यान्सर रोगको उपचार हुने सुनाखरी लगायत दर्जन प्रजातिको सुनाखरी र दर्जन प्रजातिका गुराँस र चाँप पनि यहाँको वनमा छ । हरेलो बजार, दोभान बजार,सेदुवा बजार जस्ता मेलाहरु पनि यहाँ लाग्दछन् ।
नेपाली राजनीतिमा पनि मकालु सङखुवा सभा जिल्लाकै सर्वाधिक सांसद भएको गाउँपलिका हो । पन्चायत कालीन निर्वाचित माननीय रापंस गौरीमान राई मकालु ३ हेदाङनाको उवा गाउँबाट जितेर दुर्गम क्षेत्र विकाश समितिको सदस्य पनि बनेका थिए । सोही गाउँका पूर्णप्रसाद राई पहिलो सम्बिधान सभा निर्वाचनबाट सभासदमा नेकपा माओवादीका उम्मेदवार बनेर निर्वाचित बनेका थिए । संविधान जारी भएपछि नेकपाका साझा उम्मेदवार बनेर प्रदेश सभा सदस्यमा निर्वाचित भई हाल विकाश निर्माणमा दत्तचित्त भै कार्यरत छँदैछन् । दोस्रो संबिधान सभा सदस्यमा नेपाली काँग्रेसका तफबाट उम्मेदवार भई स्वास्थ्य राज्यमन्त्री समेत बनेका तारमान गुरुङ मकालु गाउँपालिका वडा नं.२ सेदुवामै जन्मेका हुन् । दोस्रो सम्बिधानसभामा नेपाली काँग्रेसबाट समानुपातिक सभासद बनेका पासाङ डुक्पा शेर्पा मकालुकै समाजसेवी राजनीतिज्ञका रुपमा सुपरिचित नै छन् । मकालु ४ हेदाङ्ना जन्मेर हाल स्वर्गीय भैसकेका सुरेशकुमार राई तत्कालीन नेकपाका नेता तथा जिल्ला विकास समितिका क्ष्ोत्रीय सदस्य बनिसकेका त्यागी नेता थिए । जीप दुर्घटनामा सुरेशकुमार सँगै निधन हुन पुगेका स्व. खड्गबहादुर कटुवाल मकालु गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष हुन् । स्वर्गीय कटुवालको असामयिक निधनपछि भएको उपनिर्वाचनमा श्री तेजबहादुर पोख्रेल बहुमतका साथ अध्यक्षमा बिजयी हुनुभयो । उपप्रमुख : चमेली राई,वडा नं.१ का वडाध्यक्ष ओङ्दी शेर्पा, वडा नं.२ : टेकबहादुर याम्फू,३ का टेकबहादुर याम्फू,४ का टेक बहादुर कुलुङ,५ का जापान गुरुङ,६ का जयबहादुर राई निर्वाचित जनप्रतिनिधि सहित राम बहादुर राई,नरेन्द्रकुमार राई, बालकुमारी राई, भीमलक्ष्मी तामङ र कौशिला दर्जी समेत रहेको मकालु गाउँपालिका कार्यपालिका गठन भएको छ ।
विश्वका सबै ८००० मी अग्ला हिमाल चढ्ने मिङमा शेर्पा र विश्व कीर्तिमान सहित १४ हिमाल चढ्ने उनकै भाइ टसी शेर्पा दाजुभाइ यसै गाउँपालिकाका बासिन्दा हुन् । सर्वोच्च शिखर सगरमाथा ३ पटक सफल आरोहण गर्ने ह्लाक्पा लमु सेर्पा मकालुकै चेली हुन् । नेपालका प्रसिद्ध जलस्रोतविद् डा. बलबहादुर पराजुली मकालु गाउँपालिका वडा नं.३ मा जन्मेका हुन् । नेपाली साहित्य आकशमा चम्किरहेका साहित्यकार अनिल पौडेलको जन्म पनि मकालु ३ नै हो, उनी यहाँ जन्मेर सुन्दर हरैँचामा हुर्केका हुन् । अंग्रेजी भाषाका चर्चित कवि सुवास सिँह पराजुली पनि मकालु ३ गडीकै पुष्प पराजुलीका छोरा हुन्। डा.इन्द्रमणि याम्फू राई पनि मकालुकै हुन् । उपप्राध्यापकहरु क्रमशःबरुण बहुमुखी क्याम्पसका नवराज कार्की,सुकुना क्याम्पसका अशोक राई,काठमान्डौ एकाडेमीका विशाल याम्फू र नरकुमार चौहानहरु यसै मकालु गाउँपाकिामा जन्मिएर यहीँको हिमालय माविमा कक्षा १० सम्म अध्ययन गरेका मानिसहरु हुन् । कानूनविद गङ्गा राई, गायक नौलीमाया राई,सङ्गीतका साधक दीपेन्द्र याम्फू पनि मकालुकै सन्तान हुन् । मकालुले सबै क्षेत्रमा थोरबहुत योगदान दिने सन्तान जन्माएको छ । यहाँ एउटा १२ कक्षासम्मको हिमालय मावि, दुइओटा १० कक्षासम्मको सिँहेश्वरी मावि र हेमाद्री मावि र दुइटा ८ कक्षासम्मको पन्चकन्या र गोला आवि र अरु कक्षा ५ सम्म चलेका दुईदर्जन आविहरु छन् ।
“पूर्वाधार,कृषि र पर्यटन हाम्रो धन : समृद्ध मकालु गाउँ पालिकाको पहिचान ” भन्ने मूल नाराका साथ मकालु गाउँ पालिका यतिबेला अगाडि बढिरहेको छ । यही संभावनहरुको खानी पाथीभरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष चमेली राईको फोन आएको थियो मलाई ।
क्रमश :……….