“हल्लो सर ! नमस्कार !! मकालु गाँऊपालिका देखि हजुरको कार्यक्रमलाई दुई लाख रुपियाँ विनियोजन गरिदिने निर्णय भएको छ है ।” मोबाइल मार्फत यो आवाज मकालु गाँउपालिका का वा अध्याक्ष चमेली राईको आवाज थियो । यो मकालु सहित्य समाजको नाममा एकैचोटि सबेैभन्दा बढी पैसा विनियोजत भएको यो पहिलो घटना हो । खुशीको कुनै सीमा रहेन । तथापि कार्यक्रमको आयामका हिसाबले यो रकम पर्याप्त होओइन । दुईपटक प्रस्ताव बोकेर प्रदेश मन्त्रालयहरु र संघीय मन्त्रालय धाएँ गाँउपालिका, प्रदेश र संघको अन्तरसम्बन्ध यतिबेला पो थाहा भयो । अनुमति अर्के प्रसङगमा शेयर गराउला । हुने सङकेत रकम प्रप्त भएपछि प्राज्ञ देवी नेपाल (नेप्रप्र) प्राज्ञ अशोक राई (सङ्गीत नाप्रप्र), महाप्रबन्धक राजेश थापा (सांस्कृतिक संस्थान), अध्याक्ष खगेन्द्र राई (राजसा महसंघ), जीवेन्द्रदेव गिरी ,अध्यक्ष (प्रलेस नेपाल) अध्यक्ष अनिल पौडेल युद्ध प्रसाद मिश्र प्रतिष्ठान नेपाल लाई उहाँहरको कार्यालय घरघरमा पुगेर निम्ता दिएँ । प्रदेश नं. १ बाट भीम खतिवडा भरत गुरागार्इँ, देवी दुलाल, रमेशचन्द्र अधिकारी, मिन कुमार नवोदित हरुको सहभागिता लगभग पक्का जस्तै बन्यो ।
आमन्त्रित स्रष्टाहरुको मनमा पराकम्पन
दर्जन स्रष्टा द्रष्टा हरुको उपस्थितिबाट साउन २५ गते यात्रा आरम्भ गर्न अभिलाषा छातिभरी बोकेर जिल्लामा तयारी गर्न थालेँ तर दुस्खद कुरा आमन्त्रित स्रष्टाहरmले एक एक गदै आफ्नो असमर्थता प्रकट गर्नुृ भयो, शिवजीको काँधबाट सतिदेवीको अङ्ग पतन भएजस्तै २२ गतेसम्ममा कोही पनि आउन नसक्ने व्यहोरा मेरो कानमा पतन भएर शिवशक्ति स्वारmपले ह्ृदयको शक्तिपीठमा रुपान्तरित भयो । स्रष्टाहरु सुगार, प्रेसर ,रक्त अल्पता पिताजीलाई कयान्सर, विदेश भ्रमण, तालिम आरम्भ, घँुडा दुख्ने आदि अनेक समस्यामा अल्झिनु भयो । दया पनि लाग्यो ,वहाना जस्तो पनि लाग्यो । मान्छेको जीवन हो , सधँै एकनास कहाँ हुन्छ र ! एकदर्जन मान्छेमा एकै पटक असमर्थता देखा पर्नु भने अलि आश्चर्य जनक पनि भयो । विकट हिमाली क्षेत्रको यात्रा कम्तीमा ९ दिनको समयदान र उधारो सहभागिता दुवै कारण हुनसक्छ । भगवान साम्ब सदा शिव भोले वाबाको सन्निध्य उहाँहरुलाई जुरेन चहाँदा असमर्थ हुनुभयो । मलाई, हाम्रो संस्था मकालु साहित्यिक समाज र मेरो जिल्लालाई माया गर्दै पनि उहाँहरु विवशतापूर्वक पछि हट्नु भयो । श्रावण २४ गते उहाहरु सहभागी नहुने टुङ्गो भयो ।
माननीय राजेन्द्रप्रसादको प्रेमिल आगमन
सहभागी नहुने आमन्त्रितहहररुको लामो पङ्ति बीचबाट अपवाद निस्कनु भयो
माननीय राजेन्द्र प्र. गौतम । “कवि जी ! ल म आउँछु । २६ गते बेलुकी नूम पुग्नु पर्छ है । ओहो ! ५५ वषर््ो उमेरको उकाली लाग्नुभएको , संघीय संसद चलिरहेको बेलाका माननीय सांसद हवाइजहाजको टिकट काटेर काठमाण्डौबाट हवाइजहाज चढेर प्रमुख आतिथ्यलाई स्वीकार गर्दै आउने । नौदिनसम्म विकट हिमाली क्षेत्रको चीसो बतास, टोपी खस्ने उकाली र घोचा गाडेजस्तै ओराली पार गर्ने यो जाँगर सहास सलामयोग्य छ । माननीय राजेन्द्र प्रसाद गौतमको जनता, जिल्लाको भूगोल र कार्यकार्ता प्रतिको असध्य महान समर्पण भावको सङकेत हो यो । यात्राका कठोरतालाई अविरल हिँडाइबाट परास्त गर्न उहाँको यो साहस अनि बाटामा भेटिने हरेक व्यक्तिसँग बडो सरलता पूर्वक शिष्टाचार भेटवार्ता गर्ने उहाँको शैली शायद जनप्रतिनिधिहरmको लागि एउटा नमूनाको रुपमा संझन लायक महानता रह्यो ।
यात्रामा सहभागी पाउहरुको शुभसाइत
हाम्रो संस्थाबाट स्थानीय रmपमा पनि कृष्ण ब. चापागार्इँ, भरत कुलुङ, राजेन्द्र सर्वहारा सनम थापा, तीर्थराज पन्त, ज्योति अधिकारी जस्ता होनहार साथीहरु यात्रामा संगै जान तयार थिए । २५ गतेदेखि नै साथीहरुको फोन लाग्न छाड्यो, लागिहाले पनि उठ्न छाड्यो ;कुनै वाध्यताले फोन उठे पनि ढाड दुखेका , घुडा दुखेका, व्यस्तता रहेका आदि अनेक पदावलीहरm मोबाइलमार्फत प्रतिध्वनित भए । शायद समस्याले यति नै बेला तगारो तेस्र्यायो होला अथवा त्यति लामो र संत्रासयुक्त यात्राबाट अतङ्कित भएर आफूलाई सुरक्षित अवतरणतर्क लैजाने विकल्पहरm बनेर समस्या आइदिए । जे होस हाम्रो मकालु साहित्यिक समाजबाट म कृष्ण जिमी “भरत ”र रmद्रब (शिवा) दर्जी गरी तीनजना , पत्रकार महासङघबाट अध्यक्ष इन्द्र गिरी,सचिव अनिष विष्ट र सदस्य मेघराज तामाङ तीनजना गरी जम्मा छ जना खाँदबारीको चाँदनीचोकबाट गाडी चढ्ने निधो ग¥यौँ । मकालुमा जन्मेर हाल बेलबारी बस्ने कलाकार हरि दाहल बस पार्कमा भेटिनुभो ।
हामी सातजना ट्याक्सी चढ्यौँ । हामी माननीय राजेन्द्र प्रसाद गौतमसगँग व्यानरमा बसेर यात्रा गर्न अनेक तरहले सम्पर्क गर्न खोज्यौँ तर माननीयज्यूका कुनै खुराफाती कार्यकर्ताले छल गर्नाले हाम्रो इच्छा काँचै रहयो । हामीले सोध्दा भन्ज्याङ छौँ भन्ने सुचना दिए पनि हामी जाँदा गाडी खाँदबारीकै कोलेनि डाँडाको एउटा होटलमा बसेको देखियो । हामी दुई बजे खाँदबारीबाट यात्रा शुरm गरेर करीब साढे ६ बाजे मकालुको केन्द्र नूम बजारमा गाडीबाट ओल्र्याँै र नर ब. तामाङको होटलमा झोला बिसायाँै । कार्यक्रम शुरुआत गर्न नूम बजार उपयुक्त बनाउने हाम्रो चहाना छँदा छदै एक दुई सुत्रधारहरmले विभाजित भूमिका गर्दा सफल हुन सकेन । जे होस् हाम्रो पैदल यात्रा २७ गते विहान साढे छ बजे नूम बजारबाट सेदुवा तर्फ सोझै अरmणको गडतिर तर्फ ओरालियो । यात्राका विन्दुहरm यसरी उल्लेख गरौ :
क्रमश :…….