साढे छ बजे नूम बजारबाट जादाँ ४५ मिनेट ओरालिए पछि अरmण नदीको पुलमा पाइला परे । उसो त २५ मिनेट ओर्लिए पछि अरुण तीन परियोजना स्थालबाट दिदिङको पावर हाउसतर्फ जाने मूलबाटो पुगिन्छ । नुम बजारबाट पm्याक्सिदा जाँदा जम्मा १ ट्याक्सीको २५०/– लाग्छ । यसरी गएपनि हुन्छ । आठ बजेतिर लिम्लुसाको बेतघारी भन्ने खेतको विचमा भएको होटल घरमा थुक्पा खाजा खाएर उकालियौ । निकै कडा उकालो र चर्को घाम भए पनि मकालु गाउँपालिका का.बा.अध्यक्ष चमेली राईको फूर्तिलो पन ,माननीयको शालीनता , पत्रकार अनिष विष्टको क्यामेराको चोसो अदि वहुत रहरलाग्दा रहे ।
हामी उकालो छिचोलेर मकालुको हेमाद्रीका प्यारा छात्रछात्रासामु एउटा कविता प्रस्तुत ग¥यौँ । स्कुल डाँडाबाट वडा कार्यलयतर्फ जाने बजारको बाँयापट्टि २८ जना सहभागीहरmबाट झण्डै ११.३० मा विहानको खानपान सकियो ।
टासिगाउँतिर सरल रेखामा
अब बाटो क्रमश स् तेर्सियो । दस्याइलो उकालो मिसिएको सेदुवा देखि टसी गाउँसम्मको यो बाटो पनि रमाइलो रह्यो । ठाउँठाउँमा हरिया धानका बोटहरm ,कतै कोदोबारी त कतै हरियो मकै र हरिया काँक्राहरुको बारी, अलैची ,उत्तीस फूलतरुलका लहलह बोटहरु । झण्डै चार घन्टा लाग्ने यो तेर्साे साँच्चै हरियालीहरmको साम्राज्य नै हो । दिङलामा घरैघर सेदुवामा थरैथर भनेझँै यो बाटोका दायाँ बायाँ भेटिने फाट्ट फुट्ट घरहरm पराजुली, विष्ट, चौलागार्इँ, कार्की, चौहान, वानियाँ र सुवेदी थरका क्षेत्रीहरmको एक थरको एक घर भनूँ न । टाक्से पार गरेर च्याक्सा डाँडा पुग्न लागेपछि भने जमिनको केहि उचाइ पनि बढेका कारण बस्ती पनि शेर्पाहरुको देखियो । उचाइ चुम्न मन पराउने शेर्पाहरु हिमाली क्षेत्रको भ्रमणका लागि असाध्यै सहयोगी जाति । सानो शेर्पा बस्ती छिचोलेर फुत्त पात्लेको फेदी उक्लेपछि च्याक्सा डाँडा आइपुग्यो ।
एउटा सानो आधारभूत स्कुल रहेछ, ठीक छुट्टी भएको बेला हुरुरु बच्चाहरु निस्किए टिङटिङ घन्टीको आबाजको रन्को भित्तासम्म ठोकिँदा नठोकिदाँ बालकहरु भित्तामा आइपुगेका थिए । सर मिसहरु पनि निस्कनु भ¥यो । माननीय ,गाउँपालिका प्रमुख, वार्ड अध्यक्ष र हामी सात्यिकार, पत्रकारको टोली भएको कारण सर मिस हरुले खातिरसाथ कुरा राख्नुभयो । एक जना मिस त मुर्मीडाँडाबाट पो धाउनुहँुदो रहेछ । के गर्नु घर व्यावाहारको लागि जागिर खान्छ नेपाली राष्ट्र सेवक । राष्ट्रको लागि नोकरी गर्ने दिन कहिले आउला ? च्याक्सा डाँडामा पाँच –सात घरहरm छन् शेर्पाहरmका , पसल पनि छ ,एउटा जम्मै कुराहरु महङ्गा हुन शुरm गर्छन् । मान्छेको पिठ्यूँमा बुइ चढेर अथवा खच्चरको डँडाल्नुमा सोइसोला खेलेर पसलका ¥याकमा पुगेका सामानहरmको सान नै भिन्दै । खाँदबारी तिर १००/– रmपियाँमा पाइने सामान यहाँ रm. १४०/– जति भनिन शुरु गर्छन् । यहाँबाट दक्षिण पश्चिम पट्टि हेर्दा नूम बजार अलि तल दृष्टिगोचर हुन्छ । छड्के सतह परेको पखेरामा लहर मिलेको सलाइको बट्टा भन्दा केहि ठुला आकृतिमा देखिने यी घरहरmको दृश्यावलोकन सगैँ यात्राको चित्रमय शुरुआत भए झँै लाग्यो । च्याक्सा डाँडाबाट पारिपट्टि डाँडाखर्कमा एउटा घर च्याक्सा डाँडाको हेडसरले हातको छाता डाँडार्खकमाथि तिर सोभ्mयाएर भन्नु भयो ।
“तारा सर ! खोङमा डाँडा त्यै हो । ”वादलको घम्टो ओडेर ठिङ्ग उभिएको त्यो डाँडाको चुली कति थियो ? नजर अन्दाज गर्न सकिएन तर फेद तम्सिएको हेर्दा नाक ठोकिकने छिप्प्एिको उकालो आकाशतिर चढ्ने सिँढी जस्तै लाग्यो । मैले प्वाक्क भनि दिएछु । “ओहो ! क्या खतरनाक ? सकिन्छ र !” मकालु गाउँपालिका अध्यक्ष चमेली राईले सुन्नु भएछ मेरो कुरा । उहाँले फ्याट्टै मतिर फर्केर प्रत्युत्तर दिनुभयो । “कार्यक्रम संयोजक भएर तपाई यति डरछेरुवा बन्न मिल्छ र सर ! केही छैन । बाटो एकदम मजाले बनेको छ, सजिलै जान सकिन्छ ।” प्रत्यत्तरले मेरो मुखमा बुझो खाँदिदियो ।
शरीरका नसानसामा उत्साहको बीजारोपण गरिदियो । अब गलेको अनुभूति पनि हरायो सत्र बर्ष अगाडि कक्षा सातमा पढाएकी चेली चमेलीको अनुहारमा देखिएका आशाका उज्याला किरणहरmले मेरो मनमा देखापरेको निराशाको कालो छायाँ कहाँ पु¥यायो कहाँ ? चमेली राईको यही हिम्मतले त मकालु गाउँपालिका चलेको छ । मकालु गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ पौष २९ गते पाथिभराको मर्गिे गौँडामा जीप दुर्घटनामा परी निधन भएपछि उनी कार्यवाहक अध्यक्ष बनेकी हुन् । उनका कार्यकालमा मकालुका ६ वटै वडाका सुविधासम्पन्न भब्य कार्यालय भवन बनेका छन् । मकालु गाउँपालिकाको परिचय ब्रसलेट र सचित्र परिचय पुस्तिका बनेको छ । मकालु गाउँपालिकाको बृत्तचित्र बनेको छ । उनलाई म यस आधारमा सफल जनप्रतिनिधि पनि भन्न रुचाउँछु ।
मैले भने–“जाँै जाँै साथीहरm ।” केही साथीहरु हिड्नुभो केही भने पानी पिउन थाल्नुभो । ठीक यति नै बेला पाथीभरा गडी पट्टिबाट पथप्रदर्शक लाक्पा शेर्पा ,कवि नवराज कार्की , वातावरण विद अजय श्रेष्ठ र शिक्षक हित कुमार कार्की यात्राको मिसनमा मिसिन आइपुग्नु भयो । मकालु युवा समाज लेखेको हरियो टीसर्ट लाएको यो टीम च्याक्सा डाँडामा मिसिएपछि मकालु नामको त्रिवेणी बन्यो । मकालु साहित्यिक समाजका व्यानर बोकेका हामी तीन ,मकालु गाउँपालिका प्रमुख ,वाडअध्यक्ष ,कार्यपालिका सदस्य भीमलक्ष्मी तामाङ्, सामाजिक परिचालक विन्दा राई, सव इन्जिनियर सुरेश गुरmङ समाजसेवी एवम् नेता भरत कटुवाल,युवा लालबी तामाङ,…..पोखरेल आठजना र मकालु युवा समाजका यी चार जना । माननीय राजेन्द्र गौतम र वहाँको नेतृत्वको टिम छँदैछ । जम्मा ३२ जनाको समूह बन्यो, हाम्रो अभियानमा । फाटफुट खुट्टामा उक्लिएका र रगत पिएर ढाडिएका जुका टिप्दै फाटफुट झरेका पानीको थोपाहरु छाताले तर्काउँदै गोधुली साँझमा हामी टसी गाउँको स्कुल पुग्याँै । याद आयो……
“झमझम बर्षियो पानी ,जोगायो छाताले छेकेर ।
त्यतिकै म आउने थिइन ,घुम्तीकी कान्छीलाई देखेर ।
…….. लैजाउँ कि दिलमा नाम लेखेर ।”
प्रतीक्षालयमा ग्रामबासीहरु खादा र अबीर लिएर हाम्रो स्वागतमा तल्लीन देखिनुभयो । खासगरी माननियज्यू, गाउँपालिका का.वा.अध्यक्षज्यू ,वडाअध्यक्ष ज्यू र मेरो गलाभरी भरी खादाहरु भए । निधार भरी अबीर आहा ! यो माया र सम्मान लिँदै गर्दा जिम्मेवारीको बिटो काँधमा चढेजस्तै लाग्यो । छोटो पलको मिठो स्वगात पछि हामी उक्लियौँ उही दम्स्याइलो पखेरामा फिजिँएका सेता घरहरm अर्थात टसी गाउँ तर्फ । काइँला शेर्पाको घरमा हाम्रो खानपान र आवासको प्रबन्ध गाउँपालिकाले गरेको रहेछ मलाई आजको साँझ शेर्पाहरुको स्याप्रु नाच सहितको साँस्कृतिक साझ गर्न इच्छा थियो तर थकाइ छिप्पिएको थियो । पूर्वतयारी थिएन अझ भनूँ राजनीति अश्रित सिद्धान्तको खैरो हरफ घोकेका कार्यकर्ता सँस्कृति, साहित्य कलाको हरियालीलाई भावानामा बग्ने कुरा मान्छन् ।
यहाँ केही खैरा सिदन्तका भोको उपासक सहभागी थिए र यो सकेसम्मा नहोस् भन्ने चहान्थे । मदन भण्डारीले भन्ने गरेको राजनीतिको रङ् खैरो हुन्छ । साहित्य र कालको रङ् हरियो हुन्छ भन्ने गहन भनाइ यिनले सके पढेनन् पढे पनि बुझेका छैनन् । यात्रामा त हिँडियो तर मुटुमा फरक रुचि बोकेकाहरु सँगै हिँड्दा भनेजस्तै चहिँ नहुदो रहेछ । त्यसमा पनि एउटा सहभागी यो कार्यक्रम एउटै होइन ,हुन दिनुहँुदैन । भनेर तीनदिन अघिदेखि नै फलाक्दै हिँडेका थिए । जेहोस स्याप्रु साँझ भएन । कुपुक्क खाएर लुपुक्क निदाउने रातमा बदलियो टसी गाउँको बास ।
मिङ्मा दोर्चीको कीर्तिमानी आलोकः
बिहान साढे ६ बजे ३२ जनाको टोली बाटो लाग्यो । बादलको दोसल्लाले अभिनन्दित पहाड चढ्न यात्रीको लाम तम्सियो । अबको यात्रा छोपेल काइँला शेर्पा र लाक्पा शेर्पा (८००० मी. भन्दा अग्लो लोत्से हिमालको सफल आरोही), को निर्देशनमा चल्यो । काइँला त टसी गाउँदेखि याङले खर्कसम्म होटल र बासहरmको व्यवशायी रहेछन् । खोङमा काइँलाकी दिदी, दोबाटेमा भिनाजु ,फेमाताङ्मा भाउजू र याङलेमा आफनै होटल भएको मान्छे । पुरुष लाक्पा हाम्रो साथमा थिए । २० चोटी सगरमाथाको सफल ओरोही लाक्पा भन्ने महिला पनि मकालुकै हन् । उनको बारेमा अलि पछि प्रसङ्ग जोडँौला । लाक्पाले भने,– “ हेर्नु त सर ! यो मिङमा दोर्ची शेर्पाको घर हो । मिङमाले एकै दिनमा ८००० मी भन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् ।” यसो सामुन्ने मा नजर उठाएर हेरे त्यहाँ राखेको पहिचान पाटीले मनलाई लोभ्यायो । मैले सलाम ठोकेँ । ओहो ! विश्वका ८००० मी भन्दा अग्ला सबै हिमाल चढेर विश्वाकीर्तिमान कयम गरेका रहेछन् । अन्तर्राष्ट्रिय प्रेस मिट गरेको बोर्डमा लेखेको शब्दशब्दले मेरो छाती गर्वले फुलेल भयो । शिर स्वाभिमानले हिमाल झँै अग्लो बनिरह्यो । मे २७, २०१९ को १२स्४४ मा सगरमाथा र सोही दिन ६:४५ मा लोत्से
हिमाल आरोहण गरेका मिङमा २०१९ कै मे २९ को ७:०० बजे मकालु शिखार चुमेका रहेछन् । अत्यन्त छोटो समयमा सर्वोच्च शिखार लगायत तीनओटा उच्च हिमशिखर मा नेपालको झण्डा फहराएका मिङमाको यो वोर्ड देखेपछि खोङ्मा जस्ता हजारौ डाँडाको शिरमा नाच्ने साहसले पैताला फूलजस्तै हलुको भएर नाच्न थाल्यो ।
हिमचितुवा उपनामबाट ख्याति कमाएका तेन्जीङ्ग नोर्गे शेर्पाको अपूर्व सफलतापछि शेर्पा जाति हिमाल र हिमाली सँस्कृति पर्यायवाची बनेका छन् । मेरो नेपाल, मेरो हिमाल, मेरो शेर्पा…कल्पना गर्दा गर्दै टासी गाउँ पर्तिरको माने पुगिएछ । सुनले बाँधेको दाँत झुलुक्क देखाएर मुस्कान दिँदै – ‘गुरु जौं ।’ भनेर हातले इशारा गर्दै हिँडिरहेको लाक्पा मेरै अगाडि थियो । आहा ! लाक्पा !! जतिपटक हे¥यो उति पटक साहस थपिदिने मेरो लाक्पा !! प्रिय लाक्पा ।
अभिनन्दित पहाडको चुचुरोतर्फ
घामका किरणहरु शीतका थोपामा टप्किँदा मोतीका माला झैं देखिन्थे । त्यहाँबाट सिँगारे जुकाहरु लम्किँदा त्यही मोतीका झलझलाकार लुङबाट निस्केका हुन् वा ती दानाका रक्षार्थ खटेका हुन् भनेझेँ लाग्ने । जे होस् टसी गाउँबाट खोङ्मा सम्म नै जुका टिपिरहनु प¥यो । बाटाका पुलमाथि पनि जस्ताले छाएको थियो । खोल्सी तरेर पहिरो काटेपछि मापाको उकालो ठडियो । रुखहरुको ओसभित्र खुड्किला पारेर छापेका ढुङ्गाहरु हेर्दा स्वर्ग जाने सिँढीजस्तै लाग्यो । एउटा सानो त्रिपाल ओडाएको गोठलाई दाहिने पारेर तुरुरु पसिना चुवाएपछि झण्डै डेढघण्टामा डाँडा खर्कको चौतारी पुगिन्छ ।
कहाँको हलो कहाँको जुवा कहाँको जोतारो ?
मौकाको मेला पर्दछ फेला डाँडाको चौतारो ।
सिर्सिरे बतास र तिर्तिरे धारोको चीसो पानीले मनप्राण ब्युझाउँछ, शक्ति दिन्छ । अनि त…के चाहियो चौरतारीसँगै जोडिएको एउटा होटल घरमा पसेर हामीले मगभरि तातो पानी हाल्याँै र सातु (घोलेर) पियौं । चाउचाउको तातो झोलमा अण्डा मिसाएर पकाएको क्या गजब ! अझै २ घण्टा निरन्तर उकालिएपछि मात्र खोङ्मा डाँडा आउने वाला थियो । हामी डाडाखर्कबाट शनै : शनै : जीउ घिसार्दै उकालियौं । शायद नौ बजेको हुँदो हो ।
क्रमश :….