खाँदबारी नगरपालिका ३ की फुलमायालाई आर्थिक सहयोग

संखुवासभाको खाँदबारी नगरपालिका ३ की ७८ बर्षीया बृद्ध फुलमाया दर्जिलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक अवस्था निकै कमजोर भएकी दर्जिलाई ४९ हजार भन्दा बढी आर्थिक सहयोग गरिएको पांमा स्वस्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रामकृष्ण घिमिरेले बताए ।

बृद्ध दर्जिलाई ४९ हजार ६ सय ५६ बराबरको नगद तथा जिन्सी सामग्रीको स्वास्थ्यकर्मी घिमिरेले बताए । स्वास्थ्य अवस्था कारण ज्याला मजदुरी गर्न नसक्ने भएकी दर्जिलार्इ स्वास्थ्यकर्मी घिमिरेले पहलमा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेको थिए । ७८ बर्षीया बृद्ध दर्जि केही बर्ष यता हात खुट्टा चल्न सक्ने अवस्थामा छन् । तीन जना परिवार भएकी दर्जिको छोरी पनि अपाङगता भएकी छन् । भने एक जान नातिनी सानै छन् ।

घरमा केही काम गरेर खान सक्ने अवस्थाका नभएका कारण विभिन्न ब्यक्तिको बाट आर्थिक सहयोग उठाइएको घिमिरेले बताए । दर्जिलाई विभिन्न दाता बाट उठेको रकमबाट खाद्यान्न,लत्ताकपडा,हिलटेक,पाइप र शौचालय समेत निर्माण गरिदिएको स्वास्थ्यकर्मी घिमिरेले बताए । बृद्ध दर्जि स्थानीयले दिएको जग्गामा सानो घर बनाएर बस्दै आएकी छन् । उनको आफ्नो नाममा घर जग्गा समेत छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search