झण्डै ११ः०० बजे गुफा भित्र प्रवेश अनुमति लिन पुगियो । निकासको बाटोबाट उक्लिएर पहिले देब्रेपट्टि लाग्नु पर्दो रहेछ । गुफाको किनारबाट वर्षिने यो पानीमा नुहाउन थापिँदाको आनन्द अर्कै । महादेव गुफालाई दाहिने पारेर पानी वर्षिने गरेको ठाउँमा हिड्दै जाँदा दरर पानी जीउभरि प¥यो । ‘हर हर हर महादेव !’ भन्दै अघि बढेपछि पुन ः गुफाको माथि पत्थरको बिचबाट निस्केर झरेको पानीमा नुहाउन बाँकी नै थियो । फेरी सामुन्ने अगाडि बढेर हातजोडेको जोडेकै शिवधारामा थापिन पुगें । यतिबेला म एक्लै थिएँ अथवा एकला एक्लै नै जानुपर्छ । ‘जय शंभो ।’ भन्नासाथ आरीबाट खन्याए झै डोलिएर पानी शिरमा खस्यो । निकै बेर सम्म झर्झराई नै रह्यो । म झण्डै रोएँ ।
हर्षले हो , खुशी हुनुपथ्र्यो तर झण्डै रोएँ । ‘म धर्मात्मा थिएँ, असल कर्ममात्र मैले गरेको थिएँ तसर्थ शिवधारा मेरो टाउकामा बारम्बार खसिरह्यो ।’ म भन्दिन । मैले जीवनका ५० वर्ष पूरा गरी कति दुर्वाच्य बोलें, पाप गरें, दुष्कर्म गरें होला जसलाई पखाल्न पनि त शिवधारा मेरो थाप्लोमा अविरल बर्षेको हुनुपर्छ । मैले कुनै कामना, वरदान माग्न पनि सकिन अचानक चिच्याएर रुन मन लागेको थियो तर रोइन । केहीक्षण पछि अपूर्व अनन्द र हर्ष प्राप्त भयो । ‘जय शंभो ! ’ यति भनेर म ओभानो ठाउँरित बढेँ । तर धाराको अमृतमय थोपाले त्यहाँ पनि बाछिटाको रुप धारण गरेर पछ्याइरहे ।
शिबधाराको झरनाको पानीको निर्मलता र शक्तिको कुरा त के गर्नु ? शिरमा डाइनामो राखेर नुहाउने हो भने विद्युत निस्कन्छ । यिसूका भक्तहरुले भनेझैँ इसूक्रिस्ट यदि जीउँदै छन् भने शिवधारामा नुहाइदिने हो भने शिवभक्त बन्छन् । हामी धर्मनिरपेक्ष भनेर संविधानमा लेख्छौं तर हिन्दु र बौद्ध धर्मका तीर्थस्थलहरुमा गएर अनुभव गर्ने हो भने नेपाल हिन्दुधर्म सापेक्ष देश हो भन्न सकिन्छ । भूगोलका रेखा, कोण र विन्दुहरुमा हिन्दु सँस्कार र सनातन धर्मका वीजहरु छन् । पानी, जमीन, पत्थर, रुख, हावा जम्मै सनातन धर्म हिन्दु दर्शन सापेक्ष छन् अनि कसरी निरपेक्ष मान्न सकिन्छ त ! प्रकृति प्रदत्त र मानव निर्मित दुवै प्रकारका वातावरण सनातन धर्म सापेक्ष छ नेपालमा ।
शिवधारा र गुफाबारे बौद्ध मार्गीहरुको मत फरक छ । यो खेम्बालुङ पर्वत मालाको एउटा गुफा हो । यहाँ महगुरु पद्मसंभव तपस्या गर्न बसेका थिए । सोक्पा अर्थात् राक्षसले उनको तपस्या भङ्ग गर्न अनेक तरहका विध्नवाधा ग¥यो । मार्ने सम्मको घृष्टता प्रस्तुत ग¥यो । पद्यमसंभव गुफाहरु सर्दै भाग्दै तपस्या गर्न थाले । खेद्दै खेद्दै आइरह्यो । शिवधारामा त पदमसंभवले ‘छु’ अर्थात् पानी पनि निकालेर निकै समय तपस्या गरे । यहाँ पनि सोक्पा आएपछि महागुरु त्यसै नजिकैको पार्वती गुफाको सुरुङ मार्गबाट भागेर खेम्पालुङ गुफामा सरे । सोक्पाले त्यहाँ पनि दुःख दिएपछि कहाँ गए थाहा भएन तर यस ठाउँमा भने पृथ्वीको आयु अन्त हुनेबेलामा आएर तपस्या गर्ने गरी छाडेका रहेछन् । अझै यी गुफाहरुमा महागुरु रिम्पोचे, महागुरु पद्मसंभवले लेखेका अनेक ग्रन्थाहरु छन् । बौध अध्येता र अनुयायहिरु यही मान्यतामा सत्य स्थापित गरेर यसलाई ‘हिडेन भ्याली’ पनि भन्छन् । शायद विश्वले ”घुम्टो भित्रकी सुन्दरी“उपनाम राखेको पनि यही चमत्कार लुकेको पत्ता लगाएर हुनुपर्छ ।
आज ऋषीतर्पणी अर्थात् जनै पूर्णिमाको दिन हो । रक्षावन्धन पनि भन्छन् । हिन्दु त्यसमा पनि तागाधारीको महान् चाड । यज्ञोपवित अर्थात् जनै/यज्ञसुत्र धारण गर्न पवित्र ठाउँमा जाने चलन । जनै पूर्णीमाको दिन यज्ञोपवित सुत्र धारण गर्न संसारकै सर्वाधिक पवित्र स्थान मानिन्छ शिवधारा । झण्डै ५०० मि. माथिबाट निर्झर झरझर झरेको पवित्र निर्मल पानीमा नुहाउँदै जनै फेर्नुमा मजा त छँदैछ साथै मोक्षको बलियो विश्वास पनि । गुरु हरिदाहालले एकठाउँ र हरिनारायण भण्डारीले एकठाउँ जनै मान्त्रिनु भो । हरिदाहाल हाम्रो समाजले आमन्त्रित गरेका कलाकार पनि पुरोति पनि हुनाले वहाँले हाम्रो टिमकै सबै सहभागीको जनै मन्त्रनु भयो । सबैले शरीरबाट माथिल्लो बस्त्र अनावरण गर्नु भयो । ओहो शरीरमा जनै लगाएका ब्राम्हण क्षेत्री(तागाधारी ) त ज्यादै कम हुँदा रहेछन् । एक–एक ओटा जनै मागेर लगाए त्यसपछि मन्त्रोच्चारण भयो र त्यो जनै फुकालेर अर्को जनै लगाए । जनै फेरे । जनै फेर्दै गरेको ठाउँमा एकसर्को धाराले भिजायो । हरहर महादेव भन्दै सबैले गायत्री जपे । आज निकै आनन्द आउँदै थियो ।
जनै नलगाउँदा प्रतिशील सच्चा कम्युनिष्ट बनिन्छ ?
एउटा कुरामा अलि नमीठो अनुभव भयो । यज्ञोपवितको गायत्री मन्त्रको बलले कस्ताकस्ता महापुरुष बने । कतिकति शक्ति प्राप्त गरे । कस्ता पुरुषार्थ सिद्ध भए तर आमाबाबुले लाखौं खर्च गरेर पहिलो कर्म उपनयन गरेर लगाइदिएको जनै किन लगाउँदैन मान्छे ? गायत्री किन जप्दैन तागाधारी ? परिवर्तन/क्रान्ति, प्रगातिका नाममा आफ्नो गोप्य शक्ति किन टक्टक्याएर फाल्दै छ मान्छे ? यत्रो पाँचदिन हिडेर क्रृषीतर्पणी पूर्णीमाकै दिन शिवधारा पुगेर फेरेको जनै किन भोलिपल्टै फ्याँक्छ तागाधारी ? के उसले जनै फ्यँ।क्यो भन्दैमा जनजातिमा सूचीकृत भयो त ? आरक्षण कोटा पायो त ? कि ६ ओटा डोरा जनैले चन्द्रममा रकेट पु¥याउनलाई अल्झायो त ? मनभरि प्रश्न उठ्छन् मेरा । पुङ् न पुछरको भौतिकवाद तागाधारीहरुको । सच्चा कम्युनिष्ट अध्यात्मिक पनि हुन सक्छ ।
वरु यहाँ २ ओटा कुराले छक्क पारे मलाई । एउटा दशवर्षे जनयुद्ध साँच्चै इमान्दारी पूर्वक लडेका योद्धा कृष्ण जिमी भरत धेरै पल्ट शिवका अगाडि निहुरिए । उनी नेकपा सङ्खुवासभा जिल्ला समिति सचिव पनि हुन् । मकालु साहित्यिक समाजका उपाध्यक्ष पनि । उनी एउटा ढुङ्गामा योगासन बाँधेर मजाले ध्यान मुद्रामा बसेका थिए ।
धर्मलाई अफिम मान्ने लेनिन र माओका साँस्कृतिक क्रान्तिको स्कूलिङबाट प्रशिक्षित भई १० वर्ष साह््रै इमान्दारीपूर्वक जनयुद्ध लडेका यी कमरेड यति अध्यात्मिक रहेछन् । उनी जनयुद्ध कालमा पनि सच्चा कम्युनिष्ट भएर लडेका र आज पनि सक्कली कम्युनिष्ट व्यवाहारमा अब्बल मान्छे । कम्युनिष्टले धर्मकर्म मान्दैन भन्ने कुरालाई क. कृष्ण जिमीको यो क्रियाकलापले स्वतः खारेज गर्छ । उनले विमोचन गर्न लगेका एउटा सेन्यू संग्रह र एउटा हाइकू संग्रह पनि शिवजीको मूर्तिनेर चढाएका रहेछन् । केही बेरपछि मा. राजेन्द्र गौतम, मकालु गाउँपालिका कार्यबाहक प्रमुख चमेली राई र मैले उहाँका दुवै पुस्तक विमोचन ग¥यौं । मेरो लोककथा सँग्रह “काँडेभ्याकुरको शुभविबाह”नामक पुस्तकको परिचर्चा पनि भयो ।
छक्क पार्ने अर्को दृश्य रह्यो, मकालु साहित्यिक समाजका कोषाध्यक्ष रद्रबहादुर दर्जीको जनै प्रकरण । रुद्रबहादुर जी हिमाविका शिक्षक हुन् । मकालु साहित्यिक समाजलाई समावेशी बनाउने क्रममा उहाँलाई कोषाध्यक्षमा स्थापित गरियो । उहाँ कुनै कविता कथा लेख्ने स्रष्टा होइन तर ओंम शान्ति,ब्रम्हकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको ईश्वरीय विश्वविध्यालयमा राम्ररी दीक्षित भएका, खाडी मुलुकमा मजदुर बनेर केही वर्ष बिताएका अनुभवी मानिस । कथा, कहानी भन्नमा उहाँलाई कसैले भेट्दैन । प्राणायम, योगा आदि नियमित गर्ने रुद्रजी नैतिक चरित्रका हिसाबले उत्तम मान्छे हुन् । मकालु साहित्यिक समाजमा पनि उनको योगदान राम्रो छ । रह्यो जनैको कुरा । मैले जानेसुनेको तागाधारी क्षेत्री ब्राह्मण समुदायका पुरुष हुन् भन्ने थियो । आज रुद्रजीले नुहाउँदा उनको काँधमा जनै देखियो । उनले अनेक उपक्रम गरेर जनै फेरे, गायत्री जपे र बस्त्र लगाए ।
एउटा दलित समुदायको पुरुष भएर पनि उनले जनै अर्थात यज्ञोपवित धारण गरे । यो उनको रहर हो कि अधिकार हो वा दुस्साहस हो कि क्रान्तिकारिता ? हुन त दर्जीहरुका पुरोहित दर्जीहरु नै हुन्छन् । ती पुरोहितहरु पनि जनै लगाउँछन् कि ? मेरो लागि अनौठो भए पनि संसारको लागि यो सहज कुरा हनु सक्छ । त्यहाँ देख्ने सुन्ने युवाहरु रुद्र दर्जीलाई ‘द वाउन’ भन्न थाले । उहाँ दलित भएपनि आचरण वाहुनको जस्तै देखेर यसो भनिएको हुनसक्छ । जे होस, जनैपूर्णीमामा शिवधारा पुगेपछि जनै फेर्नुलाई स्वाभाविक मान्नु प¥यो ।
क्रमश :…..