काठमाडौं । आज विहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ। अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यस अघि बैठक बिहान ८ बजे बस्ने भनिएको थियो।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी संघ र प्रदेशसभा निर्वाचनका लागि आवश्यक रणनीतिबारे छलफल हुने भएको छ। यस्तै नेताहरुको जिम्मेवारी बाँडफाँड, स्थायी समितीको पूर्णता तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।
हिजो बसेको बैठकमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनावमा जाने नेपाल समाजवादी पार्टी नेसपा र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानको प्रस्तावलाई स्विकार गरेर जाने निर्णय गरेको थियो। निर्णय अनुसार हिजै निर्वाचन आयोगमा निवेदन दिइसकेको छ।