खाँदबारी । नेपाली संगीत क्षेत्रका महागुरु दिप श्रेष्ठ लगायतका चर्चित कलाकारले खाँदबारीमा प्रस्तुति दिने भएका छन् । शुक्रबार खाँदबारी युथ क्लव र संखुवासभा उद्योग बाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा प्रस्तुती दिन कलाकारहरु खाँदबारी आउने भएका हुन् ।
अमर श्रष्टा स्वर्गीय खेमराज गुरुङको स्मृतिमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । ३ गते कृष्ण जन्मअष्टमीको दिन पोखरी बजारमा दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने आयोजक खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा गायक तथा संगीतका भविन ढुंगाना, उमंग लामा, सुरेन्द्र पुलामी, अपन श्रेष्ठ, ध्रुब खड्का, नवीन दाहाल लगायत दर्जन कलाकारहरुले प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रममा हास्य कलाकारहरु जयन्द्र शाक्य, रमोद श्रेष्ठ र नृत्य कलाकार साजन राईको पनि प्रस्तुती रहने छ ।