माओवादीमा पदाधिकारी लगभग टुंगियो, वर्षमान, जनार्दन र गिरिराज उपमहासचिव

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज (बिहीबार) बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् ।

देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search