संखुवासभा । जिल्लामा बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ७ तहमा आइतबारदेखि सुरु गरिएको हो । ५ देखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई लक्षित गरि खोप कार्यक्रम अघि बढाईएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।
आइबारबाटदेखि १० गतेसम्म पहिलो चरणको खोप कार्यक्रममा खाँदबारी, पाँचखपन, चैनपुर, मादी, धर्मदेवी नगरपालिका, सभापोखरी र चिचिला गाउँपालिकामा खोप लगाईदै छ । पहिलो चरणमा १८२७४ जनालाई लगाउने लक्ष्य लिईइको छ भने दोस्रो चरणमा सिलिचाङ, मकालु र भोटखोला गाउँपालिकामा आगमी भाद्र १० देखि देखि १५ गतेसम्म लगाइने छ । उक्त चरणमा ४ हजार ८० जना बालबालिकालाई खोप लगाउन लक्ष्य लिईएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।