काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति बनेको छ।
ललितपुरको हात्तीवनमा भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको हो।
चुनावपछि पार्टी एकता गर्नेगरी एकता संयोजन समिति बनाएर जाने सहमति पनि बनेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।
यसअघि एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न संयोजन समिति बनाएको थियो। भने, प्रचण्ड नेपालको कम्युनिष्ट एकता बद्ध गराउने प्रयासमा छन्। उनले पूर्वसहकर्मी डा। बाबुराम भट्टराई समेत आफैँसँग ल्याइसकेका छन्।