संखुवासभा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदौ ७ गते मंगलबार नेपाल बन्द आब्हान गरेका छन । नेकपा विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको हो । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभामा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको हो ।
आर्थिक मन्दी, आकासीदो महङगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रिय उद्योगी व्यवसायी धरासायी बन्दै सडकमा आउनुपर्ने अवस्थाले झन मुलुक जटिल अवस्थातर्फ उन्मुख भईरहेको चिन्ता व्यक्त गरिएको विज्ञप्तीमा उल्लेख छ ।