५५ परिवार सिलिचोङका पहिरो विस्थापितको जग्गा बाँडफाँड

संखुवासभा । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो विस्थापित ५५ परिवारलाई जग्गा बाँडफाँड गरिएको छ । २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिकामा जग्गा व्यवस्थापन गरिएको हो । विस्थापित ५५ परिवारलाई संयुक्त रुपमा जग्गा पास गरिएपनि बाँडफाँड गरिएको थिएन । बुधबार जिल्ला विपत व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा विस्थापितहरुलाई गोलाप्रथा गरि जग्गा बाँडफाँड गरिएको हो ।

खाँदबारी नगरपालिका वडा नं। ७ स्थित भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिएको हो । त्यस्तै बाँकी पहिरो विस्थापितहरुलाई सिलिचोङको चित्रे र बखल्टुम गाउँमा स्थानन्तरण गर्ने गरि जग्गा खरिद गरिएको छ । बेसिन्दाकै २५ घरधुरीलाई सिलिचोङ गाउँपालिकाको चित्रे गाउँमा र चेप्चेवाका १२ घरलाई बखल्टुममा स्थानन्तरण गरिएको छ । चित्रेमा ५१।५ रोपनी ७० लाख र बखल्टुममा १७।५ रोपनीे ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ ।

उक्त जग्गा चाँडै बाँडफाँड गरिने तयारी रहेको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताए । जिल्ला विपत व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रकृया अगाडी बढेको थियो । संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरि जग्गा खरिद गरिएको थियो ।

सिंगो गाउँ नै पहिरोले बगाएपनि बेसिन्दा र चेप्चेवाका नागरिकहरु विस्थापित बनेका थिए । पहिरोमा परि ११ जना अझै वेपत्ता छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search