बाढी प्रभावितको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको अपिल

काठमाडौं । बाढी प्रभावितको राहतका लागि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको छ ।

पाकिस्तानका आन्तरिक मामिलामन्त्री सलमान सुफीले अमेरिका, वेलायत र यूएईले सहयोग गरिरहेको, तर त्यो सहयोग प्रयाप्त नभएको भन्दै थप सहयोग मागेका हुन् ।

पाकिस्तान सरकारले बाढी प्रभावितको उद्धार र राहतका लागि सक्दो काम गरिरहेको पनि बताएका छन् । पछिल्लो ३ महिनामा बाढी र पहिरोबाट पाकिस्तानमा १ हजार बढीको मृत्यु भएको छ ।

पाकिस्तानले बाढी प्रभावित ६६ जिल्लालाई विपद् प्रभावित जिल्ला घोषणा गरेको छ । तीनदिनअघि उत्तर पश्चिमी पाकिस्तानको खैबर पख्तुनखवा प्रान्त भीषण बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search