विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम तय भएसँगै आज ९आइतबार० संखुवासभा जिल्लास्थित सबै सामुदायिक विद्यालय बन्द गरेको छ ।
आफ्नो मागको सम्बोधन नभएसम्म आन्दोलन नरोकिने भन्दै भाद्र १ गतेदेखि शुरु भएको परिषद्को आन्दोलन चरणबद्ध रुपमा अघि बढिरहेकोमा आइतबार देशैभरका सामुदायिक विद्यालयहरु बन्दको कार्यक्रम अनुसार पूर्ण रुपमा सफल भएको विद्यालय कर्मचारी परिषद् संखुवासभाका जिल्ला अध्यक्ष टंक दर्जीले बताए । उनले जिल्लाको १० वटै स्थानीय तहमा रहेको सामुदायिक विद्यालयहरु बन्द रहेको जानकारी दिए ।
परिषदको चरणवद्ध आन्दोलनको भाद्र १ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्ना, ९ गते विरोध ¥याली, भाद्र १० र ११ गते डिजिटल आन्दोलन र १२ गते सामुदायिक विद्यालय बन्दको कार्यक्रम रहेको समेत परिषद्का जिल्ला अध्यक्ष दर्जीको भनाइ छ ।
शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक ९लेखापाल०हरुको लागि रु ३४ हजार ७३० मासिक तलव र दुई हजार रुपैया महंगी भत्ता गरी जम्मा रु ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रु २४ हजार २१० र महंगी भत्ता रु दुईहजार गरी रु २६ हजार २१० तलव दिनुपर्ने लगायतको माग रहेका छन् ।