पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ।
दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् ।
डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
मनसुनी वर्षाका कारण पाकिस्तानमा नदी तथा समथर भूभागमा बाढी आएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० का अनुसार देशका ७२ जिल्लालाई आपत्काल घोषणा गरिएको छ भने ३ करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।