संखुवासभा नेपाली कांग्रेसः प्रदेशसभा सदस्य उमेद्वारको नाम सिफारिस

संखुवासभा । नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ क्षेत्रीय कार्य समिति संखुवासभाले प्रदेससभा निर्वाचनका लागि दिपक लिम्बुको नाम सिफारिस गरेको छ । बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ उनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यता क्षेत्रिय कार्य समिति ‘क’ बाट ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जसमा टकमान घले, राम कुमार थापा र मुक्तिसिं राईको नाम सिफारिस गर्ने भएको हो । प्रतिनीधी सभासदस्यको लागि भने आज (शुक्रबार) जिल्ला पार्टी कार्यालयमा बैठक बसिरहेको छ । प्रदेश कार्य समितिमा सिफारिस हुँदै केन्द्रीय कार्य समितिमा गएर उमेद्वारको टुंगो लाग्ने छ । आगामी मंसिर ४ गते प्रदेसभा सदस्य र प्रतिनीधीसभा सदस्यको निर्वाचन हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search