काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार हुँदैछ।
यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ।
हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।
शुक्रबारको खेलमा नेपालका आसिफ सेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए।
यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य गर्ने चाहन्छ।
केन्या पहिलो हारको बदला लिने योजनासहित मैदान उत्रिनेछ। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल भदौ २० गते हुनेछ।