संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले प्रतिनिधी सभाका लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा तारामान गुरुङ, दिपक खड्का, दिपन कुमार श्रेष्ठ, टंक प्रसाद राई, जनक थापा, मिङ्मा शेर्पा, पाशाङ शेर्पा र उमेश चौहानको नाम सिफारिस गरिएको छ ।
संखुवासभाबाट पहिलो निर्वाचित नेपाली कांग्रेसका केन्द्रिय सदस्य तारामान गुरुङ २०७० को संविधानसभा निर्वाचनमासंखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित हुने अवसर पाए । छोटो समय करिब ७ महिना मात्र स्वास्थ्य राज्यमन्त्री हुँदा उनले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि निकै काम पनि गरे । स्वास्थ्य मन्त्री गगन थापाका समयमा राज्यमन्त्री बन्ने अवसर पाएका उनले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने उम्मेदवार बन्ने अवसर पाएनन् । त्यसपछि पनि उनी राजनीति र समाजसेवाबाट निराश छैनन् । यसपटक उनको दावी प्रमुख रुपमा हेरिएको छ ।
जिल्ला सभापति समेत रहेका अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट लडेका दिपक खड्का टिकटको दाउमा छन् । उक्त चुनावमा उनी नेकपा एमालेका राजेन्द्र गौतमसंग १ हजार १ सय ३० मतान्तरले हारेका थिए । २०७० मा निर्वाचित भई राज्यमन्त्रीसमेत भएका उनको दावी यसपटक पनि रहेको छ । संघीय सांसद भई सकेका अर्का नेताहरु टंक प्रसाद राई र पाशाङ शेर्पाको पनि विशेष दावी रहेको छ । संघीयता हुनुभन्दा अघि नै २०५६ सालमा प्रत्यक्षबाट निर्वाचित राई र समानुपातिक २०६४ मा सांसद भएका शेर्पाको पनि टिकट दावी रहेको छ ।
पुर्व जिल्ला सभापतिहरु दिपन कुमार श्रेष्ठ र जनक थापा भने जनप्रतिनिधीको रुपमा अहिलेसम्म अवसर पाएका छैनन् । कांग्रेसकै अधिवेशनदेखि स्थानीय तह सम्म प्रमुख पदहरुमा दावी गरिरहेका उनीको सांसदका लागि यस पटक जिल्लाबाट नाम सिफारिस भएको छ । व्यापारिक क्षेत्रबाट राजनितीमा होमिएका मिङ्मा शेर्पा र उमेश चौहानले पनि टिकटको लागि जुटेका छन् । हिमाल आरोहि समेत रहेका शेर्पा पछिल्लो समय कांग्रेसको राजनितीमा सकृय छन् । भने अघिल्लो क्षेत्रीय कार्य समितिक९क० को एक कार्यकाल सम्हालेका चौहानको समेत टिकट दावी रहेको छ ।
प्रदेश सभाको दुई क्षेत्र र प्रतिनिधी सभाको एक रहेको संखुवासभामा विगतको मतको आधारमा गठबन्धनबाट निर्वाचनमा सहभागी हुँदा कांग्रेसको भागमा एक क्षेत्र र प्रतिनिधी सभा पर्ने देखिन्छ । तथापी जसको निर्णय भने भई सकेको छैन । केहि दिनमा नै उक्त विषयमा पनि टुंगो लाग्ने छ ।