संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको अरूणबरूण बहुउद्धेश्यीय सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले एकबर्षमा १० लाख ५५ हजार रुपैया नाफा कमाएको जनाएको छ । शनिबार खाँदबारीमा आयोजित तेस्रो बार्षिक साधारणसभा कार्यक्रममा यस्तो जानकारी दिएको हो । संस्थाले एकबर्षका अवधिमा दुई करोड रुपैया भन्दा बढिको कारोबार गरेको समेत जानएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले तरलताको अवस्थामा पनि सहकारीले कोभिडमा गरेको सहयोग, बजारमा सिसि क्यामेरा जडान कार्य जस्ता सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु(याएको स्मरण गरे । उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि पुँजी निर्माण गर्न सहकारीको महत्व रहेको बताए ।
कार्यक्रममा अरूणबरूण बहुउद्धेश्यीय सहकारी संस्थाले एकबर्षको अवधिमा सबै खर्च कटाएर खुद नाफा १० लाख ५५ हजार रुपैया रहेको संस्थाका कोषाध्यक्ष जनक पौडेलीले प्रतिवेदन सार्वजनिक गरे ।
संस्थाका अध्यक्ष इश्वरकाजी कटुवालले बार्षिक प्रतिवेदन पेश गर्दै खाँदबारी, तुम्लिङटार र मानेभञ्ज्याङसम्म कारोबार बिस्तार रहेको बताए । स्थापनाको छोटो अवधिमा सहकारीले सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको बताउर्दै तुम्लिङटारमा समेत कार्यालय स्थापना गरिएको जानकारी दिए । देशका कतिपय सहकारीहरुले ठगेर हिडने गरेको बताउर्दै तर कतिपय सहकारी राम्रा–राम्रा कामहरु समेत गरिरहेकाले सबै सहकारी एकैनजरबाट हेर्न नहुने अध्यक्ष कटुवालको भनाइ थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत, लेखापरीक्षक राजिव श्रेष्ठ, नवराज कार्की, छत्रमणि पन्त लगायतले सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु कुमार श्रेष्ठ, उमेश बस्नेत र आशिष श्रेष्ठलाई सहकारीले मायाँको चिनो हस्तान्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष इश्वरकाजी कटुवालको अध्यक्षतामा भएको कार्यक्रमसचिव प्रवीण श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त बार्षिक साधारणसभा कार्यक्रममा संस्थाका कार्यसमिति, शेयर सदस्य लगायतको सहभागीता रहेको थियो । संखुवासभाका ४६ वटा सहकारी संस्थाहरु रहेका छन् ।