सङ्खुवासभा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । सदरमुकाम खाँदबारीमा एक कार्यक्रमका बीच प्रधानमन्त्री कृषि आधुनिकीकीकरण परियोजना कार्यान्वयन इकाईले बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई , भेटेरिनरी अस्पताल पशुसेवा केन्द्र र कृषि ज्ञान केन्द्रको संयुक्त रुपमा आर्थिक बर्ष ०७९/०८० बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले दिएका अनुदान कार्यक्रम दोहोरपन हुनबाट रोक्न स्थानीय तहको भूमिका भएको जिल्ला समन्वय समितीका प्रमुख तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अध्यक्ष सुमन शाक्यले बताए । कार्यक्रममा बोल्दै जिसस प्रमुख शाक्यले भने पछिल्लो समयमा कागज मात्र मिलाउने बर्ग सक्रिय भएको भन्दै स्थानीय तहले अनुगमन र समन्वय गर्नु आवश्यक भएको बताए ।
भेटेरिनरी अस्पताल पशुसेवा केन्द्रका तर्फबाट कार्यालय प्रमुख हिमालय पोख्रेलले बार्षिक स्वीकृत कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका तर्फ बाट लक्ष्य चौधरीले परियोजना कार्यान्वयन इकाईका बार्षिक स्वीकृत कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुख , प्रमुख प्रसासकिय अधिकृत,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।