संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना प्रति संखुवासभाका राजनैतिक दल र स्थानीयहरुले ब्यापक असन्तुष्टि जनाएका छन् । जिल्ला समन्वय समिति संखुवासभाको पहलमा खाँदबारीमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्लास्थित राजनैतिक दल र स्थानीयहरुले ब्यापक असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रिय गौरवको आयोजना भनेर चिनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाले जिल्लाका सरोकारवालालाई केही जानकारी नदिने, मुआब्जामा ढिलाई, ज्याला मजदुरीको समयमा भुक्तानी नगर्ने लगायतका दर्जनौ आरोपहरु लगाएका हुन् ।
बहुचर्चित ठूला परियोजना भनिएपनि अरुण तेस्रोले हालसम्म उपलब्धी र प्रगतिका बिषयमा जिल्लाबासी सधै अन्यौलमा रहेकाले अरुण तेस्रोका हालसम्मको प्रगतिको अवस्थाका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बतए । उनले अरुण तेस्रोले सधै ठूला मानिसहरुलाई रिर्पोटिङ गर्ने जिल्लाका राजनैतिक दल, सरोकारवाला, पत्रकार र स्थानीयहरुलाई कहिल्यै जानकारी नदिने गरेकाले सबैपक्षलाई बोलाएर खुल्ला छलफल कार्यक्रम राखिएको स्पष्ट पारे ।
प्रदेश नं। १ का सामाजिक विकास समितिका सभापति तथा साँसद सरिता खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले समयसिमा भित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिईन् । उनले ठूला प्रोजेक्टले काम गर्दै जाँदा कतिपय अवस्थामा समस्या पनि हुने गर्दछ तर त्यसलाई सबैले मिलेर पटक–पटक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । ‘अरुण तेस्रोको ४०० केभी प्रशारण लाइनले पुखुवा–छयाङकुटी–मानेभञ्जाङ हुर्दै भोजपुर तार्ने एलाइमेन्टमा धेरै गाउँबस्ती पर्ने भएकाले फेरी पनि छलफल गरेर प्राविधिकको अध्ययन हेरेर एलाइमेन्ट सार्न सकिन्छ की हेर्नु पर्छ ।’—साँसद खडकाले भनिन्—‘पछिल्लो समय अरुण तेस्रो प्रोजेक्टका बारेमा गाउँ समाजमा असुन्तष्टि ब्यापक रहेकाले सुधार्न समेत आग्रह गर्दछु ।’
त्यसैगरि नेकपा एमाले संखुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले अरुण तेस्रो प्रोजेक्टले पावारहाउस गृह पुखुवाबाट खाँदबारी नगरपालिकाको ४ र ३ नम्बर वडा हुर्दै टावर निर्माण गर्न नहुने धारणा राखे । उनले पुखुवाबाट छयाङकुटी डाँडा हुर्दै मानेभञ्जाङबाट चेवा हुर्दै भोजपुर तर्ने टावरको एलाइमेन्ट देखियो तर छयाङकुटी देखि मानेभञ्जाङ सम्म मुख्य बजार क्षेत्रबाट नै टावर लैजानु भविष्यमा घातक हुने भएकाले एलाइमेन्ट चेन्ज गर्नुपर्ने बताए । ‘अहिले हाम्रो नाङगो आँखाले त गाउँ घर बस्तीका मानिसहरुले जग्गाको मुआब्जा पाउँछन तर भविष्य त्यो ठाउँमा बस्ती बिस्तार हुन सक्दैन, जग्गाहरु बिक्री हुदैनन्, बैंकले ऋण समेत प्रवाह गर्दैन त्यसैले बस्ती नपर्ने गरि टावरको एलाइमेन्ट सर्भे गर्नुपर्छ ।’–अध्यक्ष घिमिरेले भने । अरुण तेस्रो प्रोजेक्टका बारेमा सर्वसाधारणहरुको गुनासो सधै आउने गरेकाले जनताको पक्ष समेत काम गर्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ थियो ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति अन्नतकुमार गौलीले अरुण तेस्रोले प्रशारण लाइन निर्माण गर्दा पुखुवाबाट तल–तलै चेवाबेसी निकालेर भोजपुर तारेर लैजानुपर्नेमा किन छयाङकुटी–मानेभञ्जाङ तर्फ मुख्यबस्ती छोएर उल्टो हुने गरि टावरको सर्भे गरियो भन्ने छक्क परेको बताए । उनले आफुले प्राविधिक भाषा नबुझेपनि गाउँबस्ती छोएर प्रशारण लाइनको टावर निर्माण गर्न नहुने धारणा राखे । ‘अरुण तेस्रोले सामानहरु सहयोग गर्दा पनि कमसल दिन्छ कि जस्तो लागेको छ । जिल्ला अस्पतालमा दिएको भेन्टिलेटर दिएको दिनदेखि चलेको छैन । यस्ता नचल्ने सामान किन दिनु भन्दै प्रश्न गरे रु अनि कामदारहरुलाई किन समयमा अरुण तेस्रोले भुक्तानी गर्दैनन् । अरुण तेस्रोमा समस्याको चाङ छ ।’—उपसभापति गौलीले भने ।
नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले अरुण तेस्रो प्रोजेक्टलाई मैले जे गरेपनि हुन्छ भन्ने दम्भ रहेको बताए । उनले अरुण तेस्रोलाई हामीले माओबादी केन्द्रका प्रचण्ड चिनेका छौ, काँग्रेसका शेरबहादुर देउवा चिनेका छौ र एमालेका केपी शर्माओली चिनेका छौ भन्ने भ्रम रहेको बताउदै जिल्लाका झिनामसिना भुसुनाहरुलाई किन चिन्नुप¥यो भन्ने धारणा बोकेको आरोप लगाए । ‘अरुण तेस्रो प्रोजेक्ट पछिल्लो समय सर्वसाधारण जनतामारा बन्र्दै गएको छ । छुट जग्गा, सडक र टावर बस्ने ठाउँको जग्गाको मुआब्जा दिने बिषयमा समेत आनाकानी गरिरहेको छ । सर्वसाधारणले काम गरेको मजदुरको भुक्तानी समयमा गर्दैन । मुआब्जा माग गर्दा र सडक अवरुद्ध गर्दा दैनिक पाँच करोड क्षतिपूर्ति माग्र्दै मौन बस्छ । त्यसैले अरुण तेस्रो प्रोजेक्ट दलाह प्रोजेक्ट हो ।’—संयोजक राईले भने ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मानसिङ पोख्रेलले अरुण तेस्रोले आफ्नो प्रोजेक्ट क्षेत्र सम्मको फ्याक्सिन्दा र पुखुवा सम्म सडकको मर्मत सम्भार पनि आफै गर्नुपर्ने बताए । उनले ठूला प्रोजेक्टका हेभी गाडीहरु दैनिक दर्जनौ आवातजावात गर्छन्, ग्राभेल सडक हिलाम्मे बनेको छ त्यसैले अरुण तेस्रो आफैले सडक निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अरुण तेस्रो निर्माणको चरणमा वातावरणीय पक्षको अध्ययन कसरी भयो भन्ने थाहा छैन तर अहिले प्रभावित क्षेत्रमा धेरै स्थानीयका घरहरु चर्किन र भत्किन थालेको छ । यसको जिम्मा कसले लिन्छ रु’–अध्यक्ष पोख्रेलले भने ।
खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले अरुण तेस्रो प्रोजेक्ट र नेपाल सरकारका तर्फबाट लगानी बोर्ड बिच संम्झौता भएको तर लगानी बोर्डले जनताको समस्या कहिल्यै नबुझने गरेको आरोप लगाए । उनले अरुण तेस्रो सतलज कम्पनीलाई भन्यो भने लगानी बोर्ड देखाउँछ लगानी बोर्डलाई भन्दा जनताको पक्षमा काम गर्न आउदैनन् अनि समस्यामा प्रभावित क्षेत्रका हामीहरु फस्ने गरेको बताए । ‘ठूला–साना प्रोजेक्टका सबै तारहरु खाँदबारी नगरपालिका हुर्दै प्रशारण गर्ने तर नगरपालिकालाई आम्दानी दिने माध्यम बन्दैन भने खाँदबारी नगरपालिका लगानी बोर्डसँग लड्नु परोस अथवा सरकारसँग लड्न परोस् लड्छ । नगरपालिकालाई विद्युत्त कम्पनीहरुले आम्दानी हुने स्रोत दिदैन भने कुनैपनि हालतमा नगरपालिका भित्रबाट प्रशारण लाइन कुदाउन दिन्न । अरु त के गर्न सक्छु र, म मेयर भइञ्जेल सम्म चाँही कुनैपनि हालतमा दिन्न । बरु सरकारसँग मुद्धा लड्छु ।’—मेयर थपलियाले भने ।
त्यसैगरि चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले प्रभावित क्षेत्रका स्थानीयलाई एकैप्रकार दरभाउ सहित मुआब्जा निर्धारण गर्न आग्रह गरे । उनले यसअघि ०७३ सालमा ८ देखि १२ लाख रुपैया सम्म प्रतिरोपनी मुआब्जा दिईसकेकाले अब छुट जग्गाको पनि सोही दरभाउमा मुआब्जा दिनुपर्ने बताए । अरुण तेस्रोको मालबहाक गाडीहरुको कारण चिचिला–खाँदबारी आवातजावात गर्न सडकको अवस्था दर्दनाक भएकाले यसको तत्कालै सुधार गर्नुपर्ने अध्यक्ष शेर्पाको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले अरुण तेस्रो कहिल्यै प्रेसमैत्री नबनेको आरोप लगाए । उनले अरुण तेस्रो ठूला परियोजना हो बन्नुपर्छ भन्ने हाम्रो धारणा छ तर सधै संचारकर्मीलाई सुचना लुकाउने, के कति काम गरेको छ भन्ने बारेमा जानकारी नदिने गरेको आरोप लगाए ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले अरुण तेस्रोका मुआब्जा निर्धारण, प्रशारण लाइनको टावर र सडक लगायत बिषयमा ब्यापक जनगुनासो आइरहेकाले मेरै आग्रहमा जिससले छलफल कार्यक्रमको आयोजना गरेको बताए । उनले अरुण तेस्रोले गर्ने काम सबै लगानी बोर्ड अन्तर्गत हुने भएकाले जिल्लास्थित राजनैतिक दल, सरोकारवाला, स्थानीय प्रभावितहरुको छलफलबाट नै निष्कर्षमा पुगिने भएकाले हामीमा एकमत हुनपर्ने बताउर्दै हामीले भने जस्तो प्रोजेक्टले गर्दैन भने हामीले सहयोग गर्न नसक्ने स्पष्ट धारणा राखे । ‘अरुण तेस्रो ठूला प्रोजेक्ट भएकाले सबैको बुझाई एकमत छैन, कतिपयलाई भ्रमपूर्ण बुझाइ छ । त्यसैले सबैभन्दा पहिले हामीसबै प्रोजेक्टका उद्धेश्य बारेमा प्रष्ट हुनपर्छ ।’—प्रजिख खतिवडाले भने ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य हेमराज घिमिरे, प्रभावित क्षेत्रका खाँदबारी ४ नम्बर वडाका अध्यक्ष विनोदसुब्बा गुरुङ र ३ नम्बर वडाका भरतकुमार घिमिरे, खाँदबारी नगरपालिकाका निर्वतमान मेयर मुरारीप्रसाद खतिवडा लगायतले आआफना धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकाँस स्थानीयले अरुण तेस्रो आफुले कसरी कमाउने र जनता मार्ने भन्ने तर्फ केन्द्रीत बनेको आरोप लगाएका थिए । अरुण तेस्रोको ४०० केभी प्रशारण लाइनको मुआब्जा वितरण गर्दा दायाँबायाँ २३र२३ मिटर गरि कुल ४६ जग्गा टावरले कभर गर्ने भागको दिनुपर्ने स्थानीयको माग थियो । पिडिएमा उल्लेख भएजस्तै स्थानीयहरुको हकअधिकार गर्नुपर्ने भन्र्दै स्थानीयहरु आक्रोशित बनेका थिए ।
उक्त सरोकारवालाहरुसंग छलफल कार्यक्रममा अरुण तेस्रो जलविद्युत्त आयोजनाका कर्मचारी नवराज थापाले हालसम्मको कार्यप्रगतिका बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले हालसम्म अरुण तेस्रो समग्रमा ५५ प्रतिशत काम पूरा भएको जानकारी दिए ।
अरुण तेस्रोको काम मकालु गाउँपालिका–५ मा रहेको फ्याक्सिन्दामा बाँध र सुरुङ निर्माणको काम भईरहेकोछ भने चिचिला गाउँपालिका–२ पुखुवामा पावारहाउस गृहको काम तिव्र गतिमा भईरहेको छ । भारतीय सजलज कम्पनी एसजेभीएनले सन् २०२३ मा सम्पन्न गर्ने सजलज कम्पनीले जनाएको छ ।