काठमाडौं । जोगिन्दर पानवालाको नामले चिनिने हास्य कलाकार शिवशंकर रिजाल आगामी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका हुन्।
रिजालले आफ्नो सामाजिक सञ्जाल मार्फत आफू उम्मेदवारको रुपमा सिफारिस भएको जानकारी दिएका हुन्। नेपाल साँस्कृतिक संघसँग आवद्ध रिजाल कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न. ४ (क) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिस परेका हुन्।
रिजालले एक दशकभन्दा लामो समय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणाम जी’ नामक कार्यक्रम चलाउँथे। उक्त कार्यक्रममा विभिन्न चर्चित व्यक्तिहरूलाई बोलाएर हास्य व्यंग्य शैलीमा उनीहरूको पेशा र अनुभवका बारेमा कुरा हुन्थ्यो। यो बाहेक उनले केही फिल्ममा समेत अभिनय गरेका छन्।
रिजाल बाहेक कुमार कट्टेल जिग्र, मधुसुदन पाठक सितेबा, रेखा थापा लगायतका कलाकारहरू पनि आगामी निर्वाचनमा उठ्ने तयारीमा छन्।