काठमाडौं । साफ यू–१७ फुटबल च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको नेपालले शुक्रवार समूह चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। एक खेल अगावै सेमिफाइनल पुगेका दुवै टिम अपराजित रहने दाउमा हुने छन्।
श्रीलंका स्थित कोलम्बोको रेस कोर्स ग्राउण्डमा दिउँसो ३ः४५ मा सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुने छ। भारत पनि नेपाललाई हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा रहने छ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा भुटानलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो। भारतले पनि भुटानलाई ३–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।
यू–१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन्। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष दुईले फाइनलमा स्थान बनाउने छन्।