संखुवासभा । नेपाली कांग्रेसले पाँचखपन नगरपालिका वडा नंं. २ मा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेको छ । शुक्रबार बिहान नेपाली कांग्रेस पाँचखपन वडा नं. २ समितिले वडा नं. २ को कार्यालय परिसरमा वृक्षरोपण गरेको वडा सभापति अमृता तामाङले बताउनु भयो । कांग्रेसले रुद्राक्ष लगायतका विभिन्न जातका ३५ बढी बिरुवा रोपेको वडाध्यक्ष ओम बहादु्र श्रेष्ठले बताउनु भयो ।
विपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो ।