संखुवासभा । सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति २४ करोड ऋणमा डुबेको छ । पाँच बर्ष अगाडी मांसीमा खानेपानी निर्माणको लागि भन्दै लिएको २२ करोड ऋणमा ३ करोड तिरेर पनि ब्याज सहित अझै २४ करोड ऋण बाँकी रहेको छ । यता ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको बृहत खाँदबारी खानेपानी निर्माण कम्पनीले हस्तान्तरण गरेको बर्षदिन नपुग्दैदेखि मांसिमा खानेपानी पूर्ण रुपमा बन्द छ । पानी अभावका कारण खाँदबारी बजारबासीले सास्ती खेपी रहेका छन् ।
खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति नगर बिकास कोषको ऋणमा चुुर्लुम्म डुुबेको हो । नगर विकास कोषसँग समितिले लिएको २२ करोड रुपैयाा साँवा र सोको ब्याज गरि करिब २४ करोड रकम तिर्न बाँकी छ । ५ बर्ष अगाडी मांसिमा खोनपानीको लागि लिएको ऋणको जमानी खाँदबारी नगरपालिका र तात्काली जिल्ला विकास समिति साक्षी बसेको खाँदबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र कुमार मेवाहाङले बताए । खोनपानीको ऋण तिर्नको लागि प्रमुख श्रोत नै उपभोक्ताले उठाएको शुल्क हो । तर उपभोक्ताहरु घट्दै गएको र उठेका रकमबाट कर्मचारीको तलबमा नै खर्च हुने भएकोले १५ बर्षको लागि लिएको ऋण तोकिएको समयमा तिर्न नसक्ने देखिन्छ । मांसिमा खानेपानी निर्माणताका सरकार र उपभोक्ताबाट ५०-५० प्रतिशत बजेट व्यवस्थापन गर्ने नितिका कारण धेरै ऋणमा डुबेको अध्यक्ष मेवाहाङको भनाई छ । साना सहरी खानेपानी आयोजना दोस्रा हुँदा सरकारले लगानीमा यो प्रावधान ल्याएपछि समस्या भएको हो । साना सहरी खानेपानी आयोजना पहिलो र तेस्रोमा ३०-७० मा चलेको थियो यो चाँही दोस्रो भएकोले ऋणको बेज धेरै भएको भनाई छ ।
२०७० सालमा निर्माण शुरु भएको बृहत मांसिमा खानेपानी आयोजना निर्माण कम्पनीले २०७७ जेठमा हस्तान्तरण ग¥यो । कुल लागत ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको बृहत खाँदबारी खानेपानी हस्तान्तरणको बर्षदेखि नै बन्द छ । पाइपलाइन पूर्ण रूपमा काम नलाग्ने भएपछि मर्मत अभावमा बन्द भएको हो । खाँदबारीदेखि ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसिमाबाट पानी उत्तर–दक्षिण राजमार्ग अन्तर्गत खाँदबारी मकालु सडक खण्डमा सडकबाट नै पाइपलाइन ल्याईएको कारण पूर्ण रुपमा काम नलाग्ने भएको छ । मांसिमा ल्याउने भनेर उपभोक्तालाई झुक्याएको आरोप स्थानीयको आरोप छ । आयोजनाको कुललागतको ५ प्रतिशत रकम सहभागितावापत मुख्य पाइप लाईन देखि धारा जडान गर्दा दूरीका हिसाबले प्रति घर ५ हजार देखी २५ हजार रुपंैयासम्म तिरेका थिए । लाखौं रकम तिरेका र मासिका महंगो शुल्क तिरेपनि पानी भनेजस्तो उपभोग गर्न नपाएको खाँदबारीका उपभोक्ता बरुण कुमार गुरुङले बताए । एकातिर पानीको महशुल महंगो भएको उनीहरुको भनाई छ । धारामा आउनु पानीको महशुलभन्दा ट्याङ्करबाट पानी किन्दा सस्तो पर्ने उनले बताए । समितिको ऋण धेरै भएको तर ऋण तिर्ने कुनै निकाय भए महशुल घटाउन सकिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेवाहाङले बताए ।
हाल सेकाहको महाभीर, छभैया र भ्याङ्खोला मुहानबाट हाल पानी आपुर्ती गरिरहेको छ । धारामा आएको खानेपानी उपयुक्त समेत छैन । लेदोसहितको धमिलो पानी आउने, उक्त पानीले चिलाउने र नियमित त्यो पनि नआउने गरेको स्थानीयको भनाई छ । हाल खाँदबारीका २ हजार ९ सय ६१ उपभोक्ता रहेको छ ।