चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको ज्यान गएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजो भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।
शनिवारदेखि हराउनुभएका अधिकारी आज बिहान मृत भेटिनु भएको हो । उहाँको शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।