संखुवासभा जिल्ला संवाद समितिमा बार्षिक समिक्षा बैठक सम्पन्न

खाँदबारी । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल संखुवासभाले जिल्ला संवाद समितिमा बार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बैठकमा समिक्षा गरिएको हो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले संखुवासभामा गरेका कृयाकलापहरुका बारेमा बार्षिक समिक्षा तथा आगमी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा बार्षिक प्रगति तथा संस्थाका विषयमा केन्द्रका राष्ट्रिय श्रोत व्यक्ति अम्बिका भट्टराई गौतमले जानकारी गराएकी थिइन् । जिल्लाका विभिन्न क्षेत्रमा गरिएका कामहरुमा आएका समस्या तथा चुनौतीको पहिचान र समाधानका उपायहरुका विषयमा छलफल भएको जिल्ला सहजकर्ता विष्णु कार्कीले बताए ।
कार्यक्रममा जिल्ला संवाद समितिका संयोजक तथा समन्वय समितिका प्रमुख सुमन शाक्यको अध्ययक्षतामा कार्यक्रम भएको थियो । त्यस्त बैठकमा डिभिजन वन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, नेपाल बार एसोसिएसन, प्रहरी, जनप्रतिनीधीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा भए गरेका काम आगमी दिनका सुधारका लागि सुझाव समेत संकलन गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search