पाँचखपन नगरपालिकाले वडा नं. ७ मा रहेको बिहिबारे बजारका पसल तथा होटलहरुमा अनुगमन गरेको छ । नजिकिदै गरेको चाडवाडलाई लक्षित गरि अनुगमन गरिएको वडाध्यक्ष सन्तोष वस्नेतले बताउनु भयो । अनुगमनका क्रममा व्यवसाय दर्ता, नवीकरण साथै म्याद गुज्रिएको खाध्य बस्तुहरु पाइएको बताउनु भयो । अधिकांश किराना पसल र होटलहरुमा म्याद गुज्रिएको पेय पदार्थ, खाध्य वस्तुहरु भेटिएको थियो । म्याद गुज्रिएका वस्तुहरु नष्ट गरिएको छ ।
नागरिकको स्वास्थ्य अवस्था माथि खेलवाड नगर्न अध्यक्ष वस्नेतले अनुरोध गर्नु भएको छ । केही दिन अघि वडा नं. ६ को कार्यालयले समेत वाना बजारमा अनुगमन गरेको थियो ।
नगर प्रमुख बिपिन राईको नेतृत्वमा गरिएको अनुगमनमा नगर उपप्रमुख, प्रमुख प्रसासकिय अधिकृत, स्वास्थ शाखा प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।