गाउँपालिकाद्धारा धुपु–पाङ्मा खोला सडकखण्ड स्तरोन्नती सुरु

बाह्रबिसे । संखुवासभाको सभापोखरी गाउँपालिकाले सडकको स्तरोन्नतीको काम सुरु गरेको छ । धुपु जिरोपोइन्टबाट पाङ्मा खोलासम्मको सडकको स्तरोन्नतीको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिनुभयो । जिरोपोइन्टबाट पाङ्मा खोलासम्म करिब नौं किलोमिटर सडक चौडा गरिने अध्यक्ष लिम्बुले बताउनु भयो । उक्त सडकखण्ड आठ मिटरको चौडा गरिने भएको हो ।

गाउँपालिकाले नै डोजर प्रयोग गरेर सडकको स्तरोन्नती सुरु गरिएको बताइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search