खाँदबारी । निरन्तर बर्षात र ठुला सवारी चापका कारण त्रीदेशिय उत्तर–दक्षिण सडक ४ दिनदेखि अवरुद्ध भएको छ । संखुवासभाको खाँदबारी–नुम सडक अवरुद्ध भएको हो । अरुण तेस्रो लगायत ठुला आयोजनाका मालवाहक सवारी साधानले बाटो बिगारेपछि सवारी आवतजावत हुनै नसक्ने गरि अवरुद्ध भएका छन् ।
खाँदबारी नगरपालिकाका ७, ३ र ४ नं. वडाभित्र पर्ने खण्डमा नै सडक विग्रेर ध्वस्त भएको छ । सडक निर्माणको लागि ठेक्का लगाईसकिएको भएपनि १४ महिनामा ७ प्रतिशत मात्रै काम भएको र उक्त कामका लागि सडकको चौडा बढाउने मात्र काम बर्खामासमा भएकोले अवरुद्ध भएको हो । हिलाम्मे सडकमा ठुला मालवहाक सवारी साधन छिरेर विग्रेपछि स्थानीय आवतजावत गर्ने साना सवारी तथा एम्बुलेन्सलाई समस्या भएको छ ।
भारत, नेपाल र चीन जोड्ने छोटो दुरीको सडकको रुपमा निर्माणाधिन सडकमा ठेकेदारको लापारबाहीका कारण स्थानीयले हाल सास्ती भोग्दै आएको छ ।