चिचिला ४ मा जनश्रमदानबाट सडक मर्मत

चिचिला । संखुवासभाको चिचिला गाउँपालिका वडा नं. ४ का गाउँसम्म पुग्ने सडकहरु धमाधम मर्मत भइरहेको छ । स्थानीयको जनसहभागितमा वर्खायाममा बिग्रिएको सडक मर्मत भइरहेको वडाअध्यक्ष बाल कुमार तामाङले जानकारी दिनु भयो । वडा नं। ४ भित्रका ३ ओटा टोल विकास संस्थाहरुले आफ्नो क्षेत्र भित्र पर्ने सडकको मर्मत गरिरहेको हो । चाडबाडलाई लक्षित गरि सडक मर्मत गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।

भिंगुमा, डाँडा गाउँ र बरडाँडा टोल विकास संस्थामा आवद्ध स्थानीयको सहभागितामा जनश्रमदान भइरहेको छ । यी संस्थाका स्थानीयले तीन दिन अघिदेखि निरन्तर जनश्रमदान गरिरहेका छन् । बर डाँडा टोल विकासले कागते–जिरोपोइन्ट–डुढेलसुने सडकखण्ड, डाँडागाउँले डाँडागाउँ–हेल्थपोष्ट–खालिङगाउँ र भिंगुमाले भिंगुमा सडकखण्ड मर्मत गरिरहेको हो । हरेक दिन प्रत्येक टोल विकास संस्थाका करिब १५ जनाले जनश्रमदान गििररहेको अध्यक्ष तामाङले बताउनु भयो ।

यसअघि चिचिला–देवीटार, कृषि बजार–जिरोपोइन्ट, संग्राते–धजे–मत्से र पिपलडाँडा–हेल्ल्थपोष्ट सडकखण्ड जनश्रमदान मार्फत नै मर्मत भइसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search