- चाड पर्वलाई धेरै भड्किलो र आर्थिक रुपमा बोझिलो नबनाऔं ।
- चाडपर्वका बेलामा हुनसक्ने चोरी र ठगीबाट सतर्क रहौं ।
- चाड पर्वका समयमा कम नापतौल, कालो बजारी, नाफाखोरी, मुल्यबृद्धी, मिसावट तथा कृत्रिम आभाव सिर्जना गरिएको पाइएमा नगरपालिका कार्यालयलाई जानकारी गराउन हार्दिक अनुरोध गर्दछौं ।
- महान चाड बिजय दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै मादक पदार्थ बिक्रि बितरण तथा सेवन नगरौँ ।
- चाड पर्वको बहानामा तास, जुवा, ढाईस, लङगुर बुर्जा लगायत कानुनले बर्जित गरेको धन राशिको बाजि राखेर हार जीत हुने कुनै पनि प्रकारका खेल नखेलौं र नखेलाओैँ ।
- चाड पर्बलाई लक्षित गरी नाटक, सडक नाटक, खेलकुद, स्टेज प्रोग्राम लगायत कुनै पनि प्रकारको मनोरन्जनात्मक कार्यक्रमहरु गर्दा सम्बन्धित निकायबाट अनुमती लिई बढिमा रातको समयमा भए ८ः३० बजे समापन गरौँ, गराओैँ ।
- आफ्नो टोल छिमेकमा कुनै पनि प्रकारका अपरिचित ब्यक्ति वा समुहहरुको प्रबेश भएमा त्यस्ता ब्यक्ति वा समुहहरुलाई निगनीमा राखि शंका लागेमा सुरक्षा निकायमा खबर गरौँ
- सवारी साधनबाट यात्रा गर्दा चोरी लगायतका घटनाहरु घट्न सक्ने हुँदा साबधानी पुर्बक यात्रा गरौँ ।
- सवारी साधनबाट यात्रा गर्दा वा गराउँदा सिट क्षमता भन्दा बढि सवार नगराऔं साथै तोकिएको भाडा दरभन्दा बढि भाडा नलिऔं ।
- रकेट बम, खोर्सानी बम, झिर झिरे, पटका लगायत बिस्फोटक पदार्थ र आगो जन्य बस्तुको बिक्रि बितरण तथा प्रयोग नगरौँ ।
- तिहारमा खेलिने देउसी, भैलो लगायतका विविध कार्यक्रमहरु गर्दा रातको समयमा भए ८ः३० बजेसम्म मात्र खेलौं खेलाऔं ।
- मनासिब कारण बिना रातको समयमा जथाभाबी हुल हुज्जात गरी नहिडौँ ।
- हालसम्म पनि कोरोना भाईरसको प्रभाब कायमै रहेकाले अनाबश्यक भिडभाड नगरौँ सम्पुर्ण सुरक्षाका बिधिहरु अपनाओैँ ।
- चाड पर्बहरुलाई बिकृतीको रुपमा नभई सँस्कृती को रुपमा मनाओैँ ।