खाँदबारीको लभिङहिल-नुम सडक मर्मत गर्न संखुवासभा उद्योग वाणिज्य संघको आग्रह

संखुवासभा । संखुवासभा उद्योग वाणिज्य संघले सदरमुकाम खाँदवारीको लभिङहिलवाट मकालु गाउँपालिकाको नुम जाने सडक मर्मत गर्न आग्रह गरेको छ । बिहिबार संघले विज्ञप्ती जारी गर्दै सडकको अवस्था अत्यन्तै नाजुक भएको जनाएको छ । संघका अध्यक्ष कृष्णभगत प्रधानद्वारा जारी विज्ञप्तीमा भनिएको छ–दुई देखी तीन घण्टा लाग्ने सडकखण्डमा अहिले ८ घण्टामा पनि सकुशल पुग्न कठिन छ । जसका कारण अरुण तेस्रो आयोजनाको निर्माण कार्य तथा नेपालीहरुको महान चाड दशै, तिहार जस्तो महत्वपूर्ण चाडपर्वको समयमा दैनिक उपभोग्य सामानहरु उपभोक्ताहरु वीच पु(याउन कठिनाई भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सडक मर्मतको जिम्मेवार निकायको चरम लापरवाहीको कारणले आम संखुवासभावासी व्यापारी तथा महानुभावहरु प्रति पर्न गएको असुविधा प्रति सम्वधित निकायले चाडो भन्दा चाडो मर्मत गरि आमसंखुवासभावासी महानुभवहरुलाई सहज वनाईदिन आग्रह गरिएको छ । अध्यक्ष प्रधानले २०७९ भदौ ३० गते जिल्ला समन्वय समितिमा भएको सहमति अनुसार सडक मर्मत कार्य तीव्र गतिमा गर्नरगराउन समेत आग्रह गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search