संखुवासभा । केही साता अगाडि देखि परेको निरन्तर झरिका कारण संखुवासभामा आयोजना हुने अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
निरन्तर झरि परेपछि खेलमैदान समेत हिलाम्मे भएको कारणले प्रतियोगिता स्थगित गरिएको हो । अब आगामी मंसिर १३ देखि १७ गते संचालन गरिने जनाएको छ । यहि कात्तिक १ देखि ५ गते खाँदबारी–३ मानेभञ्जाङमा अरुणभ्याली अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको थियो । उक्त प्रतियोगितामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेष्ट बंगालको आमुक्त फुटवल टिम सहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउनेछन् । प्रतियोगितामा कुल ३७ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।