सङ्खुवासभा : माओवादीले बागी उम्मेदवारी दिएका शेर्पालाई पार्टीबाट निष्कासन गर्यो

सङ्खुवासभा । नेकपा माओवादी केन्द्र सङ्खुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ ।

पार्टीको हित विपरीत, गठबन्धनको भावना र मर्म विपरीत स्वतन्त्र ढङ्गले उम्मेदवारी दिएको भन्दै शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय)ले जानकारी दिनुभयो ।

धर्मदेवी नगरपालिका–३ का शेर्पा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । उहाँले प्रदेश सभा (ख) बाट बागी उम्मेदवार बन्नुभएपछि कारबाहीमा पर्नुभएको हो ।

निर्वाचन आयोगबाट पानीको धारा चुनाव चिह्न पाएका शेर्पा चुनावी प्रचारप्रसारमा लागि सक्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्र र अन्य राजनीतिक दलहरुको प्रवृत्तिबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिँदै आउनुभएको थियो ।

सङ्खुवासभामा प्रतिनिधि सभा चुनावमा लागि दुई जना स्वतन्त्रसहित १० वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा (क) मा शेर्पासहित अर्का दुई जना स्वतन्त्रसहित ७ वटा राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ८ वटा मतदानस्थल र १ सय ६२ वटा मतदान केन्द्र तोकिएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search