डेंगुबाट थप एकजनाको मृत्यु, ४० हजारभन्दा बढीमा संक्रमण

काठमाडौं । डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या जम्मा ४८ जना पुगेको छ।

गत साउनदेखि हालसम्म ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशको ७७ वटै जिल्ला यो संक्रमण फैलिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search