१. टुरिष्ट उम्मेदवारको आक्षेप छनी तपाईलाई ?
मेरो बाजे आक्पा भोटे च्याम्ताङ संखुवासभाको, मेरो बोजु दावा भोटे च्याम्ताङ संखुवासभाको, मेरो बुवा ताक्दुङ भोटिया च्याम्ताङ संखुवासभाको, मेरो आमा लाजिकमा नावा फारङ भोट्खोला संखुवासभाको अनि मेरो चलअचल सम्पत्ति भोट्खोला २ संखुवासभा हुँदा म कसरी टुरिष्ट उम्मेदवार भए ? कि भोट्खोला संखुवासभा जिल्ला भित्र पर्दैन ? र रह्यो कुरा इलामको, के संखुवासभाली आफ्नो रोजीरोटी कमाउन अन्य कुनै जिल्लामा जान नपाउने हो र ?
के बाहिरी जिल्लामा अध्यन गर्दैमा, काम गर्दैमा संखुवासभाको लागि टुरिष्ट हुने हो र ? बाध्यताले गर्दा जिल्ला बाहिर गए पनि आफ्नो जिल्लाको माया, जिल्लावासीको माया, आफ्नो बाजे बराजु खेलेको हुर्केको जिल्ला सम्झेर फर्केर आउँदैमा टुरिष्ट भईन्छ भने संखुवासभामा ५० प्रतिशत बढी टुरिष्ट बस्छ्न् होइनर ?
२. पार्टीको टिकट नपाएर स्वतन्त्र उठेको उम्मेदवार त होनी ?
कुन पार्टीले किन र कसरी मलाई टिकट दिएन प्रष्ट पार्नु पर्यो पहिलो कुरा । मैले टिकट कसलाई मागे ? कतिबेला मागे सबै प्रमाण सहित भनीदिनु पर्यो । मैले टिकटको लागि कसैलाई पनि आज सम्म भनेको छैन किनभने पार्टीबाट उम्मेदवार बन्दै गर्दा नेताको दबाब र कार्यकर्ताको प्रभाव कस्तो हुन्छ मैले मज्जाले देखेको छु । बुझेको छु ।
त्यसैले म आफ्नै तरिकाले काम गर्न र आफ्नै एजेन्डा बनाउनलाई स्वतन्त्र उठेको हो । माग्न नै परे सायद कुनै न कुनै दलबाट पाइन्थ्यो होला तर आफ्नै दल भित्र कै साथीलाई पछाडिबाट छुरा हानेर मात्र पाईने टिकटको न मलाई लोभ छ न लालच।
३. स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार तपाई को हो भनेर जनतालाई कसरी प्रष्ट पार्नु हुन्छ ?
म नितान्त स्वतन्त्र उम्मेदवार हो । कुनै पनि स्वतन्त्र नाम रहेको दलसंग आवद्धता छैन । रवि लामिछाने ज्यूको उम्मेदवार जिल्लामा अर्कै हुनुहुन्छ म होइन ।
४. स्वतन्त्रलाई जिताउनै पर्ने कारण चाहीँ केनी ?
पहिला जिताउनुस् । त्यसपछि के कति गर्न सक्दो रहेछ गरेर देखाउने छु । स्वतन्त्र सांसदले संसद भवनमा पार्टीको एजेन्डा होइन जिल्लाको एजेन्डा बोक्न सक्छ र बोक्ने छु पनि । बरु समग्र जिल्लाको विकासको लागि सबै पार्टीहरु संग अडान राखेर जिल्लाको लागि काम गर्न सकिने छ ।
शिक्षा क्षेत्रमा योगदान गरिरहेका तेन्जिङले संखुवासभाली बालबालिकाहरुलाई विगत लामो समय देखि नै निशुल्क शिक्षा र निशुल्क होस्टेलको सेवा काठमान्डौबाट प्रदान गरिरहेका छन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा संखुवासभाबाट प्रतितिधसभा सदस्यका लागि उनी माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उममेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन् ।