संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभज्याङमा पाँचौ मानेभञ्जाङ फुटबल कप शुरु भएको छ ।
बुधबार एक समारोह विच जिल्ला फुटबल संघका पूर्वअध्यक्ष तथा खाँदबारी नगरपालिका–३ का वडाध्यक्ष भरतकुमार घिमिरेले प्रतियोगिताको उद्घाटन गरे । खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको हो ।
उक्त प्रतियोगितामा जिल्लाभित्रका १८ टिमले सहभागीता जनाएको खेल संयोजक जिल्लामान राईले बताए । उनको अनुसार, जिल्लाभित्र नाम चलेका क्लबहरु एडभान्स क्लब, हाङचुवा, चैनपुर समाज सेवा, मकालु फ्रेण्डस, किरणीज्योती, मानेभञ्जाङ एफसी, नवयुग, तल्लो पांमा, खाँदबारी युथ, मकालु गाउँपालिका, सितलपाटी एफसी, मिरमिरे, सेकाहा सामुदायिक, नयाँबजार युथ, सभापोखरी युथ, तीनपोखरी, लोहोरुङ क्लब र चेवा एफसीले सहभागीता जनाएका छन् । उद्घाटन सत्रको पहिलो दिन ४ खेल भएको र बिहीबार ६ खेल हुने संयोजक राईले जानकारी दिए ।
प्रतियोगीताका विजयी टिमले १ लाख र उपविजेता टिमले ५० हजार र तृतीयले २० हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता आगामी ६ गते सम्म संचालन हुनेछ ।
कात्तिक १ देखि ५ गतेसम्म सोही खेलमैदानमा अरुण भ्याली अन्तराष्र्टिय आमन्त्रित गोल्डकप फुटवल प्रतियोगीता संचालन हुने भनिएपछि निरन्तरको बर्षाको कारण सारेको थियो । उक्त प्रतियोगिता आगामी मंसिर १३ देखि १७ गते सम्म संचालन हुनेछ ।