रुद्राक्षको चित्र

रुद्राक्ष । नेपालको परिपेक्षमा मध्य पहाडी क्षेत्रमा पाईने वनस्पतिमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली, संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भन्ने गरिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि ३२ मुखेसम्म भएको विश्वास गरिन्छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर चिनिन्छ ।

रुद्राक्षले प्रख्यात भोजपुरको दिङ्ला बजार । यससंगै संखुवासभा पनि रुद्राक्ष उत्पादनको हिसाबले उत्तिकै उर्वर मानिन्छ । हेर्ने चित्रको तेस्रो श्रृंखला रुद्राक्षको चित्र संखुवासभाको खाँदबारीबाट ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search