दिपक खड्का : तिहार लगत्तै गृहजिल्ला संखुवासभाको घरदैलोमा व्यस्त

लोकतान्त्रिक–बाम गठबन्धनबाट संखुवासभाको प्रतिनिधी सभा सदस्य उम्मेदवार दिपक खड्का तिहार लगत्तै गृहजिल्ला संखुवासभाको घरदैलोमा व्यस्त हुनुभएको छ ।

नेपाली काँग्रेस संखुवासभाका जिल्ला सभापतिसमेत रहनुभएका खड्का तिहारलगत्तै आज तेह्रथुम, धनकुटा र संखुवासभाको सीमामा पर्ने टुटे देउराली बजारका मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

संखुवासभाका १० वटै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, जिल्लाभरी शुद्ध खानेपानी पु¥याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।

उहाँले जिल्लाभर १२ महिना नै चल्ने सडक सञ्जाल जोड्ने, उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने बताउनुभएको छ ।

नेता खड्कासँगै संखुवासभाको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजेन्द्र कार्की (नविन) र प्रदेशसभा (ख) मा नेकपा (एकीकृत समाजवादी) की सरिता थापा खड्का उम्मेदवार बन्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search