आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरु आफ्नो पार्टीलाई विजय गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै जनताको घरदैलो कार्यक्रममा व्यस्थ भएका छन् । दलहरु घरदैलो कार्यक्रममा व्यस्थ रहि रहदा संखुवासभाका नागरिकहरु भने आफ्नो क्षेत्रको विकास र सुख दुःखमा सदैब साथ दिने सहि जनप्रतिनिधिको खोजीमा रहेका छन् ।
नेकपा एमाले पार्टीले संखुवासभा जिल्ला, प्रदेश सभा सदस्य “ख“ मा क। विदुर कुमार लिङ्थेपलाई उम्मेदवार बनाएको छ । उहाँले यस अघि मादी नगरपालिका प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । आफ्नो कार्यकाल भरी असल, ईमान्दार र विकास प्रेमी छबि बनाएका लिङ्थेपले स्नाकोत्तर तह समाज सास्त्रमा टियु नेपाल र स्नाकोत्तर तह चाइना अध्ययन चाचियाङ विश्वविद्यालय चाइना बाट पुरा गरेका छन् । समग्र संखुवासभाको विकास, शिक्षा, स्वास्थ्य रोजगार पुर्वाधार कृषि पर्यटन र सुसासनका साथै नयाँ मोडलका रुपमा विकास गरेर लैजाने बताएका छन् ।
आफ्नो उम्मेदवारी किन ? भन्दै १३ बुदे प्रतिबद्धता सहित जनता विच आएका छन् ।
१. संविधानको उच्चतम कार्यन्वयन गर्न ।
२.युवाहरुलाई स्वरोजगार बनाउदै, सहयात्रा र सहकार्य गर्न ।
३. ठुलालाई आदार सम्मान, सानालाई माया र सहयोद्धासंग सहयात्रा र सहकार्य गर्न ।
४. भौतिक पुर्वाधार क्षेत्रमा पाँचखपन, चैनपुर, धर्मदेबी र मादी नगरपालिकालाई समान ढंगले विकास प्रक्रियालाई तिव्रता दिन ।
५. नमुना वडा सहितको नगरपालिका को ५.निर्वाचन क्षेत्रका सबै गाउँ टोलमा कृषि र पशुपालन व्यवसायलाई मुख्य आयस्रोत र स्वरोजगार उन्मुख बनाउन ।
६.यस क्षेत्रको पर्यटकीय क्षेत्रलाई पर्यटकको आकर्षण गर्ने गरी विकास गर्न ।
७. यस क्षेत्रका धार्मिक सांस्कृतिक क्षेत्रको प्रबन्धन, सम्बर्धन र बिकास गर्न ।
८ .शिक्षालाई बालमैत्री, सिपमुलक तथा प्रविधि मुलुक गुणस्तरीय बनाउन ।
९.स्वास्थ्यलाई सर्बसुलभ बनाई बजेट र दरबन्दी कायम गर्न ।
१०. संखुवासभा बहुमुखी, रामेश्वर बहुमुखी र मादी बहुमुखी क्याम्पसलाई स्रोत जुटाई आर्थिक रुपमा सवल बनाउन ।
११.प्रदेश र केन्द्रबाट संचालित आयोजनाहरुलाई पारदर्शी र समयमै सम्पन्न गर्न गराउन ।
१२.भ्रष्ट्रचार आफुले नि, नगर्ने र गर्न नलगाउन ।
१३.जनताको प्रत्येक मतको मात्र होईन सुखदुःखको सारथी बन्दै सिर उच्च राख्न ।
आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याउँदै लिङ्थेपले भने संखुवासभाको विकासका लागि आफुले दिनरात नभनिकन नयाँ मोडल को रुपमा विकास गर्ने र जिल्लाको स्थर उन्नतिको निम्ति जुनसुकै मुल्य चुकाउन आफु तयार भएको बताउनुभयो ।