संखुवासभाको सदरमुकाम खाँदबारीमा आज नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाको १० वटौ पालिकामा नमुना मतदान सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।
बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि सोमबार मङ्सिर ४ गते हुने आसन्न निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको हो । नमुना मतदान भए पनि साँच्चै मतदानको झल्को दिइने गरी मतदान भएको थियो । धेरै मतदातले मतदान गर्दा मत वदर हुने सम्भावनालाई कम गर्न नुमना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खाँदबारीको टुँडिखेल नमुना मतदान केन्द्र स्थान नमुना मतदान गर्दा त्यहाँका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताए । बदरमत कम गर्र्ने लक्ष्य र मतदातालाई सहजताका लागि नमुना मतदान गरिएको हो ।