संखुवासभा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले निसंकोच गठबन्धनका साझा उमेद्वारहरुलाई मतदान नर्न आग्रह गरेका छन् । गुरुङले जिल्ला सदरमुकाम खाँदबारीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
अन्तर पार्टी वा पार्टी भित्र कुनै अन्तर विरोध भएपनि गठबन्धन देशको आवश्यकता भएकोले मतदान गर्न संकोच नमान्न गुरुङले आग्रह गरेका हुन् । गठबन्धनमा रहेका दलहरु विच नै कुनै पक्ष वा विपक्ष बनाएर लाभ लिने उद्देश्यले गलत सुचना फैलाउन सक्ने सम्भावना रहेकोले त्यस तर्फ समेत सचेत रहन आम कार्यकर्ताहरुलाई गुरुङले आग्रह गरे । गठबन्धन विरुद्धमा कोहि नेता तथा कार्यकर्ता लाग्न नहुने र नलाग्ने समेत गरुङले विश्वास ब्यक्त गरे ।
आफु निर्वाचन प्रचारप्रसार समितिको केन्द्रीय समितिमा रहेको र अन्य जिल्ला नगएर आफ्नै जिल्लामा सिमित रहेको बताए । अघिल्लो निर्वाचनको मत परिणाम अनुसार संखुवासभामा ७ हजार मतले गठबन्धन अगाडी रहेको र त्यसलाई कायम राख्न सवै नेता तथा कार्यकर्तालाई आग्रह गरे । गाउँघरमा मतदान गर्न अल्मलिनेहरु अझै पाईएकोले सहि तरिकाले मतदान गर्न सिकाउन आवश्यक रहेको समेत गुरुङले बताए ।