संखुवासभा । ‘पांमालाई खेलकुद पर्यटन क्षेत्रको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित संखुवासभाको खाँदबारी नगरपालिका–४ पांमास्थित भगिवन्त रंगशालामा छैटों पांमा कप हुने भएको छ ।
आइतबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि छैटों पांमा कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको बारेमा जानकारी दिएको हो । किराँतहरुको महानचाड उद्यौली पर्व धान्यपूर्णिमाको अवसरमा आगामी मंसिर १८ गते प्रतियोगिता शुरु भई २३ गते समापन हुने आयोजक लोहोरुङ क्लबका सचिव छत्रमणी काफ्लेले जानकारी दिए । उनले खुल्ला प्रतियोगिता भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जनका हाराहारीका टिमले सहभागीता जनाउने बताए ।
विगत दुई बर्ष कोभिडको कारण बन्द भएको प्रतियोगिता यसबर्ष देखि फेरी निरन्तरता दिइएको आयोजक लोहोरुङ क्लबका अध्यक्ष राजु राईले बताए । उनले यो क्षेत्र किराँतहरुको बाहुल्यता भएको क्षेत्र भएको र किराँतहरुको नै महानपर्व उद्यौली धान्य पूर्णिमाको अवसर विगतका बर्षहरुमा उत्साहपूर्वक ढंगले प्रतियोगिता संचालन हुर्दै आएको थियो, अहिले पनि त्यसैलाई निरन्तरता दिइएको अध्यक्ष राईले बताए ।
उक्त प्रतियोगिताका विजेताले १ लाख ५१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ८१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सान्तावना स्वरुप दुई टिमले ३१/३१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी ५ हजार १ सय, सर्वाधिक गोलकर्ता ५ हजार १ सय, र उत्कृष्ट गोलरक्षकले ५ हजार १ सय प्राप्त गर्नेछन् ।