काठमाडौं । आज देशका केही भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै पहाडी क्षेत्रमा वर्षा र हिमाली तथा उच्च हिमाली क्षेत्रमा बिहीबारसम्म हिमपात हुने जनाएको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू९भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू९भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।